English Edition

बेलायतमा गोर्खा कप क्वीन्स गोर्खा सिग्नल्सले चुम्यो

लण्डन । तमुधि बेलायतकोे प्रायोजनमा हरेक बर्ष हुने १३ औ गोर्खा कप प्रतियोगिता अल्डरसट स्थित क्वीन्स एभिन्यू आर्मी ग्यारिसनको खेल मैदानमा आईतबार सम्पन्न भएको हो । यस बर्षको उपाधि क्वीन्स गोर्खा सिग्नल्सले चुम्न सफल भएको छ । स्वदेशको भयवहस्थितीलाई मध्यनजर गर्दै कार्यक्रम फरक ढंगमा प्रस्तुत भएको थियो । विभिन्न संघ संस्थाहरु र नेपाली युवा समुहले आ–आफ्नै तरिकाबाट भूकम्प पिडितका लागि आर्थिक सहयोग अनुनय गरिरहेका थिए।
बेलायतमा सबै भन्दा पुरानो र चर्चित मानिने गोर्खा कप यो बर्ष मनोरन्जन भन्दा पनि स्वदेशमा परेको विपत्तिलाई बेलायतबासीहरुले एकजुट भएर आर्थिक संकलनमा दिनभर आर्मी ग्यारिसनको परिसरमा आईतबार शुरु भएको लिग खेलबाट छनौट हुदै फाईनल खेलमा क्वीन्स गोर्खा सिग्नल्स र रिडिङ यूनिटी विच प्रतिष्पर्धा भएको थियो।
पुरा खेल समय भित्र प्रतियोगिताको निर्णय हुन नसके पछि पेनल्टी बाट फाईनल खेलको निर्णय भएको होे । रिडिङ यूनिटी लाई ५–४ ले पराजित गदै क्वीन्स गोर्खा सिग्नल्सले १३ औ गोर्खाकपको उपाधि चुमेको हो । उक्त खेलमा क्वीन्स गोर्खा सिग्नल्सका मोहन राई उत्कृष्ठ खेलाडी र ५ गोल गदै वेष्ट स्कोरर सहारा फुटबल क्लवका ओनर घोषित भएका थिए।
विजेता तथा उपविजेता टीमलाइ प्रमुख अतिथी रसमोर मेयर डायन बिडफोर्ड, विशेष अतिथी लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङ लगायतले गोर्खा कप फुटबल प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण गरेका थिए।
३२ प्रतिस्पर्धी समूहले भाग लिएको सो प्रतियोगितामा मुख्य र ८ भेटरेन गरि ४० टिमले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा भेटरेन तर्फबाट केन्ट एफसीले हङकङ ४० लाई ३–० ले पराजित गदै पहिलो स्थान हात पार्न सफल भएको हो । भेटरेन विजेता टिम केन्ट एफसीले ७५० पाउण्ड र उपविजेता टिम हङकङ ४० ले ५०० पाउण्ड नगद र कप प्राप्त गरे।
प्रमुख विजेता टीम क्वीन्स गोर्खा सिग्नल्सले १५०० पाउण्ड र उपविजेता रेडिङ यूनिटीले ७५० पाउण्ड
मेडल तथा प्रमाणपत्र पाएका थिए । प्रमुख प्रतियोगिताको पुरस्कार घान्द्रुक निवासी चन्द्रमान गुरुङ र अस्मिता एसोसिएट्सका एलएन पाण्डेले प्रायोजन गरेका हुन् । अल्डरसट आर्मी ग्यारिसनका चिफ अफ आर्मी स्टाफ प्याराजम्पर मेजर रुद्र शाहीको नेतृत्वमा प्यारासुट प्रदर्शन पहिलो पल्ट गरिएको हो।
गोर्खा कपको मुख्य आकर्षण गराउदै प्यारासुटबाट नेपाल, बेलायत र तमुधिंको झण्डा फर्रफराउदै प्याराजम्परहरु सहि निशानीमा झरेका थिए । खेल समापन लगत्तै नाचगान सुरुवात भएको थियो । बेलायतमा रहेका प्रत्येक नेपालीहरु, भावि सन्ततीहरु लगायत बृद्वबृद्वा, छोरीचेलीहरु र आफ्न्तहरुमाझ भेटघाट गर्ने शुभ अवशर मिलोस भन्नका खातिर र साथै खेल प्रेमीहरुको खेलमा प्रगती होस र खेल खेलेर भरपुर मनोरन्जन लियोस भन्ने उदेश्यले हरेक बर्ष यो प्रतियोगिता तमधि युके ले गदै आएको गोर्खा कपको संयोजन क्याप्टेन पिताम्बर गुरुङले जानकारी दिनु भएको थियो।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment