काठमाण्डौ जेठ १३ । एकदिवशीय क्रिकेट टेस्टमा पाकिस्तानले जिम्वावेलाई ४१ रनले पराजित गरेको छ। घरेलु मैदान लाहोरमा हिजो भएको खेलमा पाकिस्तानले जिम्वावेलाई ४१ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको ३ सय ७६ रनको विसाल लक्ष्य पछ्याएको जिम्वावेले निर्धारीत ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३४ रन मात्र बनाउन सक्यो । जिम्वावेका लागि कप्तान इल्टन चिकुम्बुराले १ सय १७ रनको पारि खेलेपनि जितका लागि पर्याप्त भएन । जिम्वावेका हेमल्टन मासाकाजाले ७३ तथा सेन विलियम्स र सिकन्दर राजाले समान ३६ रन बनाएका थिए । पाकिस्तानका लागि वाहब रिजले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारीत ५० ओभरमा ३ विकेट गुमाउँदै ३ सय ७५ रनको विसाल योगफल तयार पारेको थियो । पाकिस्तानलाई उच्च योगफल बनाउनका लागि २ वर्षपछि टोलीमा फर्किएका शोएब मल्लिकले सर्वा्धिक १ सय १२, ह्यारिस सोहिलले अविजित ८९, मोहम्मद हफिजले ८६ र कप्तान अजर अलिले ७९ रन बनाए । जित सँगै पाकिस्तानले ३ म्याचको श्रृँखलामा १–० को अग्रता लिएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment