English Edition

सीके राउतले हिरासतबाट लेखे- “पहाडेहरु हो, अब तिमीहरुको अत्याचार चल्दैन”

(सीके राउतलाई जेठ १२ गते इटहरीबाट गिरफ्तार गरेर हिरासतमा राखिएको थियो। हिरासतमा रहेका बेला उनले फेसबुकमार्फत् कडा सन्देश जारी गरेका थिए। उनले हिन्दी फेसबूक स्टाटस् नेपालीमा अनुवाद गरेर प्रकाशन गरेका छौं- सम्पादक ।)
मधेसकै छातीमा हजारौंको संख्यामा नेपाल प्रहरीको षड्यन्त्र र साँठगाँठमा सुनसरी जिल्लाको इँटहरीस्थित इलाका प्रहरी कार्यालयमा मधेसीहरुकै विरोध गरे । पुतला दहन गरे । मधेसीहरुलाई आतंकित गरे । मधेसी चुप लागून्, मधेसीहरु पछि हटून् अनि लाखौं पहाडेहरुलाई मधेस झारेर वन फँडानी गर्न सकौं, मधेसीहरुको जमिन खोसेर बस्न सकौं भनेर उनीहरुले यसो गरेका हुन् । तर, हामी मधेसीहरु ज्यानको बाजी लगाएर आफ्नो माटोको रक्षा गर्नेछौं, मधेस आमाको अस्मिता बचाउने छौं र भन्नेछौं–
जबसम्म रहने छ एक मुठी सास
तबसम्म बचाउनेछौं आमा, माटो र मधेस
अब हामी सारा मधेसमा यी नारा गुञ्जाउने छौं र मधेसको रक्षा गर्नेछौं–
पहाडी बसाइँसराइ – बन्द गर, बन्द गर
वन फँडानी – बन्द गर, बन्द गर
नेपाली उपनिवेश – अन्त गर, अन्त गर
गृहयुद्ध – चाहिँदैन, चाहिँदैन
हाम्रो जमिन – हाम्रै हो
हाम्रो जंगल – हाम्रै हो
झुठा मुद्दा – खारेज गर, खारेज गर
प्रहरी दमन – बन्द गर, बन्द गर
वाक् स्वतन्त्रता – कायम होस्, कायम होस्
हिजो जेठ १२ गते मंगलबार इँटहरीमा पहाडेहरुले गरेको दमनविरुद्ध मोरङको विराटनगर, सप्तरीको भारदह र नवलपरासीको परासीबजारमा मधेसीहरुले प्रदर्शन गरे । अब मधेसीहरु कुनै पनि हालत चुप लाग्नेवाला छैनन् । यस मोडमा आएर हामी मधेसीहरु चुप रह्यौं भने मधेसीहरुकै अस्तित्व समाप्त हुनेछ । यी नेपाली (पहाडी)हरुले हामीलाई हाम्रै भूमि खोसेर हामीलाई नै घरबारहीन बनाउनेछन् । हाम्रो छातीमा बन्दुक तेर्स्याएर शासन गर्नेछन् । मधेसीहरुलाई आफ्नो पाइतालामुनि कुल्चेर राख्नेछन् । हाम्रा आमा–दिदीबहिनीहरुको इज्जत लुटिरहनेछन् ।
(तपाईंहरुलाई याद छ ? यी फिरंगी नेपालीहरुले रौतहटमा कसरी घरघरमा घसेर हाम्रा आमा–दिदीबहिनीहरुलाई पिटेका थिए । के हामी यसरी नै लाज पचाएर हेरिरहने ? कि अब प्रतिकार गर्ने ? उठ, जाग आफ्नो अस्मिता बचाऊ ! आफ्नी आमा, माटो र मधेसलाई बचाऊ !


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment