काठमाण्डौ जेठ १५ । आज जेठ १५ गते , सातौँ राष्ट्रिय गणतन्त्र दिवस । हरेक वर्ष कुनै न कुनै रुपमा मनाइने यो दिवस यसपटक भने नमनाउने निर्णय मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गरेको छ । सरकारले मुलुक महाभूकम्पका कारण शोकमा डुबेको भन्दै यसवर्षको गणतन्त्र दिवस नमनाउने निर्णय गरेको हो । गणतन्त्र दिवसको दिन सरकारले सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम गर्दै आइरहेको थियो भने जिल्ला–जिल्लामा सरकारी तथा नागरिकस्तरबाट समेत विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्थ्यो । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो । त्यसको भोलिपल्ट जेठ १६ गते अन्तरिम संविधान २०६३ मा चौथो संशोधन गर्दै प्रस्तावनामा ‘राजतन्त्रको विधिवत अन्त्य गरी नेपाल एक संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गर्दै’ भन्ने वाक्यांश थपिएको थियो । चौथो संशोधनले अन्तरिम संविधानको भाग १ को धारा ४ मा ‘संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ भन्ने वाक्यांश थप गरेको थियो । यसैगरी चौथो संशोधनले भाग ४ मा ‘क’ थप गरी राष्ट्रपति र उपराष्ट्रपति रहने तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन र पदावधिको व्यवस्था गरिएको थियो । यस वर्ष सरकारले गणतन्त्र दिवसका अवसरमा कुनै पनि औपचारिक कार्यक्रन नगर्ने निर्णय गरेको छ । गणतन्त्र दिवसका अवसरमा राजधानीको सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिन्थ्यो । उक्त अवसरमा प्रधानमन्त्रीले मन्तव्य दिने गर्नुभएको थियो । सोही अवसरमा अपराहृन राष्ट्रपतिले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ने गरेको चियापान समारोह पनि यस वर्ष नहुने भएको छ । गणतन्त्र दिवसका अवसरमा यस वर्ष तक्मा, पदक र विभुषण पनि घोषणा गरिएन । सधैँझैँ कैदीहरुलाई कैदीहरुलाई कैद भने मिनाहा गरिएको छ । २०६२÷ ०६३ सालको जनआन्दोलनपछि पनि देशलाई गणतन्त्रमा लैजाने कि नलैजाने भन्नेमा राजनीतिक पार्टीहरुबीच विवाद थियो । विसं २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन भएपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरेको थियो । -
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment