मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रधानलाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए।
प्रधानले जेठ १२ गते नागरिक दैनिकको प्रधान सम्पादकबाट राजीनामा दिएका थिए। दुइ दशकदेखि नेपाली पत्रकारितामा सक्रिय प्रधान अंग्रेजी दैनिक काठमाडौं पोष्ट र अर्थिक दैनिक कारोबारको सम्पादक रहिसकेका छन्।
उनले राज्यमन्त्री सरह सुविधा पाउनेछन् । प्रधानमन्त्रीको प्रेस संयोजकमा प्रकाश अधिकारी छन् ।
यस्तै प्रधानमन्त्रीको दैवी प्रकोपसम्बन्धी अवैतनिक सल्लाहकारमा राम थपलिया र त्यस्तै नेपाल सांस्कृतिक संस्थानको अध्यक्षमा उद्योग राईलार्इ नियुक्त भएका छन् ।
0 comments :
Post a Comment