अरुको मुख नताकी नवनिर्माण गरौँ : पौडेल
जननायक बिपी कोइरालाको पैतृक थलो दुम्जामा श्रमदानमा खटेका नेपाली कांग्रेसका कार्यकर्ता सम्बोधन गर्दै पौडेलले भने, ‘काम र श्रम गर्ने संस्कृति बढाउन तथा अरुको मुख नताकी नवनिर्माणको अभियानलाई अगाडि बढाउन सक्रिय हुनुहोस् ।’
श्रमदानका सन्दर्भमा शुक्रबार नेपाली कांग्रेस सिन्धुली जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा पौडेलले भूकम्पपछिको सङ्कटलाई सामना गर्न नेपाली कांग्रेस तयार रहेको भन्दै आफ्नै सीप, स्रोत र साधन उपयोग गरेर सस्तो, स्वच्छ, सानो र सुन्दर घर निर्माणमा लाग्न आह्वान गरे ।
पार्टीको महोत्तरी जिल्ला कार्यसमितिबाट युवा नेता कल्याण गुरुङको नेतृत्वमा आएको स्वयम्सेवक टोली र स्थानीय कार्यकर्ताले १५ दिनसम्म यहाँ रहेर भूकम्पबाट ध्वस्त घर र विद्यालयको पुनःनिर्माण गर्नेछ । टोलीले आज कुशेश्वर दुम्जा गाविस र कुश्वेश्वर विद्यापीठ उच्च माविमा श्रमदान गरेको छ ।
‘हिमाल पहाड तराईको योगदान, विपत्तिको सामना गर्न हामी गर्दछौँ श्रमदान’ भन्ने नाराका साथ आएको टोलीले चार गाविसमा करिब ५०० टहरा र १२ विद्यालय बनाउने योजना लिएको छ ।
कार्यक्रममा कांग्रेस सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गाना, जिल्ला सभापति मोहनप्रसाद बराल, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा सभासद् रञ्जित कर्ण, युवा नेता गुरुङलगायतले विपन्न जनतालाई भूकम्पले प्रताडित बनाएका बेला श्रमदानलाई सबैले दायित्व सम्झनुपर्नेमा जोड दिए।
रासस
About Unknown
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment