English Edition

संकट - सर्बज्ञ वाग्ले

यो संकट भन्ने जन्तु पनि अचम्मैको तन्तु जस्तै सानो कपासको त्यान्द्रो मडारिएर आउँदा झै संकटको लुँडो भनौ कि त्यान्द्रो भनौ यो लुँडिएर मुस्लो बनी कुँडी रहयो । झन नेपालाँ त यसको कमी कहिल्यै भएन र हुँदैन पनि होला । नेपालाँ लोकतंत्रसँगै मौलाएको संकट झण्डै बौलाको ! हुनता नेपालाँ मात्रै के भनौ संसारै भरी लरीबरी यसको सयर पयर बिनाको कल्प कल्प को आदी देखी स्रुष्टि र पृथ्वीको अंत सम्म जन्त जाने जन्तीको लहर जस्तै गुजुल्तिएर उँडी रह्यो झन नेपालाँ त अजिङ्गर बनी रही रह्यो बाहिरको संकट पनि आफ्नै मुखाँ जुका बनी टाँस्सीरह्यो गाँस्सीरह्यो!

जब जब प्रिथ्वीमा संकटको रुपले बबण्डरलाई भयंकर भयमा परिणत गराउँथ्यो, शंकर देखी बिष्णु अवतारले दफ्तर बनाउँथे । खै अहिले त सुन्न पाएकै छैन कुन बिष्णु हुन ? कुन कृष्ण ? कुन शंकर, तर संकट झन बढडो छ । हत्या हिंसाको त चरम उत्कर्ष बाट गरम गंणले धरमको संकट नपर्या कहाँ हो र ? जनता जनार्जनले भागवानलाई भाकल गरेर पनि यो संकट मोचन गर्न नपुकार्या र नगुहार्या पनि कहाँ हो र ? खै सुन्दैनन पनि र आउँदैनन पनि ? यो संकट मोचन गर्न । के खँचाले धँउछन् र?
यो संकट पनि कसैले बोलाओस, नबोलाओस ह्वारहावारी अाइरहन्छ । अव हेर्नुसन सँस्कृतिको संकट, रितिथितिको संकट, राजनीतिको संकट, राष्ट्रिय संकट, अन्तरराष्ट्रिय संकट, भाषाको संकट, आर्थिक संकट, धार्मिक संकट, पर्यावरणको संकट, धर्मको संकट, कर्मको संकट, मेलमिलापको संकट, युवा शंक्त्तिको संकट, देशलाई निकास दिने नेताको संकट आदी ईत्यादी । कती संकटका नाम लिउँ संकट त यहाँ ओल्टो फर्के संकट कोल्टो फर्के संकट, कर्के हेरे संकट छडके हेरे संकट । घरभीत्र संकट, घरबाहिर संकट, छिमेकमा संकट, टोलमा संकट, जिल्लामा संकट, देशमा संकट,बिदेशमा संकट । राजनीतिमा त झनकत्रो भागबण्डाको संकट, भाग लगाए पनि संकट नलगाए त झन ठूलो र भाँचिने, नासीने, विग्रने, भत्किने संकट ! यो लाजै नभएको संकट, यो लाज पचाएको संकट, यो भात पचाएको भाते संकट, यो कसैको नभएको नकचरे संकटलाई कंकट खुवाऊन संकटा मोचन गर्नुपर्ला जस्तो छ।
यो संकट पनि सबैका आफ्नै खाले संकट बढदै गएर भाले हुन्छन् । बाले भन्थे "यस्को यस वर्ष संकटा बडा छ" त्यसैले मेरा संकटा कडा छ । त्यस्तै यहाँहरुको पनि आ -आफ्नै खालको होला । यहाँहरूको संकटले पनि कंकट ख्वाइरहेको होला । धन्ना नमान्नुस सबैका घराँ धरो हालेर बस्ने चिज हो एउटा टर्यो आर्को आइमिल्छ । पहिला नेपालाँ राणा शासनको संकट राजा र प्रजालाई थियो । २००७ साल पछी राजाका संकट पार्टी र पार्टीका संकट राजालाई भयो।
हुन त म कुनै राजनीतिज्ञ अथवा नेता भनौ या नेता गिरी गरेर हिडंने मानिस त हैन ! तै पनि किन हो किन यो राजनीतिको महान यज्ञमा होमादी गरेको प्रसादले म पनि विमुख हुन सकिन र यो महान कर्मको फल चाख्ने प्रेरणाले स्वादे जिब्रो अल्छि तिघ्रो भन्छन नि हो त्यस्तै त्यस्तै चाँही हुँ किनकी यसको कर्म लाई धर्म मान्दै यसको प्रेरणा बाट संप्रेरित भएर, सधैं सधैं ओत प्रोत भैइरहने चाँही हुँ । राजनीति राज+निती इ दुई अक्षरको प्रकृति प्रत्यय मिलेर बनेको शब्द हो । राज्यमा जनतालाई शान्ति, सुरक्षा र सुशासन ल्याई चलाउने नीति हो तर यस्को संकटले शान्ति, सुशासन,विकास र निकासले उल्टो वाटो समातेर सुल्टो वाटोको संकट पर्यो । राजा भन्ने शब्द त संसद वाटै अपधस्त गरी संकट मोचनको प्रसाद बाँडियो।
फेरी त्यो संकटको शिरमा विर बनेर जो जो आए उनिहरुको नीतिले जनता र जनता जनार्जनका इच्छा आकांक्षा र भावना लाई अपदस्थ मात्रै गरिएन कि अप्रासंगिक समेत बनाइयो बनाइरहेकै छन र बनाइरहने छन पनि । जसरी संकट आदिकाल देखी अन्त कालसम्म एकछत्र छाइरहेको छ । त्यसरीनै संकट पनि पत्रै-पत्रा रूपाँ जनता जनार्जनको भागाँ यत्र-तत्र तंत्र मन्त्र तन्किरहेको छ,भन्किरहेको छ तै पनि जनता जनार्जन कुर्सीको सिक्काँ फिक्का भएपनि टिका चांही लगाइ रहन्छन लगाइरहनु पर्छ र लगाइ दिन्छन पनि । जनता लाई किन जनार्जन भनिन्छ भने यो शब्द राजनीतिले लम्पट बनाएर लपेटिरहन्छ चाहे राजनीतिका खेलाडिले जनता जनार्जनलाई अस्प्रिश्य नै किन नमानुन् । यो कुरो चाँही संकटले र संकट पालकले नै जानुन् ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment