ओखलढुंगा : शुक्रबार राष्ट्रपति डा.रामवरण यादव आफ्नो जिल्ला आउने भएपछि निकै उत्साहका साथ ओखलढुंगाका राजनैतिक दलका नेताहरु जिल्ला विकास समितिको सभाहल पुुगे । भुकम्पबाट संकटग्रस्त जिल्ला ओखलढुंगा अनुगमनमा आएका राष्ट्रपति डा. यादवलाई जिल्लाको बारेमा २ बजे ‘ब्रिफिङ’ सुरु भयो ।
राष्ट्रपति यादवलाई नेपाली सेनाले जिल्लाको अवस्था बारे ‘ब्रिफिङ’ गरे । देशको प्रमुुखलाई जिल्लाको समस्या सुनाउन पाउँदा दलहरु खुसी थिए । राजनैतिक दलका प्रतिनिधिहरुले जिल्लाको समस्या सुुनाए । त्यसपछि वनमन्त्री महेश आचार्यले सरकारका तर्फबाट बोले ।
वनमन्त्रीको भाषणपछि एमाले केन्द्रिय सदस्य तथा सभासद् यज्ञराज सुनुवारले एक मिनेट समय मागे । तर, राष्ट्रपति डा.यादवले सुनुवारको अनुरोधलाई तत्कालै अस्वीकार गरे । यादवले भने, ‘पार्टीको नेताहरुबाट कुरा सुनिसकेकोले तपाईको कुरा सुन्नु छैन ।’ त्यसपछि शुरु भयो, सभासद् सुनुवार र राष्ट्रपतिको जुहारी । जवाफ सुनुवार भने, ‘तपाई आउँदा पनि छापामार शैलीमा आउनुभयो । अहिले एउटा कुरा राख्छु भन्दा पनि सुन्न नमान्ने ?’ सुनुवार जिल्लाबाट प्रत्यक्ष निर्वाचित सभासद् हुन् ।
निकैबेर विवाद भएपछि अन्ततः राष्ट्रपति यादवले बोले । बोल्ने क्रममा समेत आफू राष्ट्रपति भएको सातवर्ष बित्दा पनि कसैले मुख नलागेको भन्दै पहिलो पटक आफूलाई भएको ‘यस्तो व्यवहार’ले दुःख लागेको बताए । भने, ‘राष्ट्रपति भएको सातवर्ष बित्दा पनि कसैले मुख लागेको थिएन पहिलो पटक यस्तो व्यवहारले दुःख लाग्यो ।’ जिल्लामा जनताको दु:खेसो सुन्न आएका ले उल्टै दु:खेसो सुनाए ।
सभासद् सुनुवारले आफुले गम्भीर विषयमा कुरा राख्न खोजेपनि राष्ट्रपति डा.रामवरण यादव निरंकुश शैलीमा उत्रिएपछि जवाफ फर्काएको बताए । ‘राजाको शैलीमा उत्रिएपछि जवाफ फर्काएको हो’ सुनुवारले भने ।जिल्लामा राष्ट्रपति आउने जस्तो कार्यक्रम बारेमा केही खास पार्टी र खास व्यक्तिलाई बाहेक अरुलाई जानकारी दिइएन ।
जिल्लामा गएर समस्या सुन्ने कार्यक्रम राखेपछि सभासद्ले एकमिनेट बोल्छु भन्दा पनि सिधै तपाईको कुरा सुन्दिन भन्नु निरकुश शैली भएको सभासद् सुनुवारको भनाई छ । प्रतिक्रिया दिदै सभासद् सुनुवारले भने, ‘राष्ट्रपतिले पार्टीका नेताको मात्रै कुरा सुन्ने हो भने केन्द्रमै बसेर केन्द्रकै नेताको कुरा सुने भै गो नि ! किन जिल्ला घुमेर राज्यको ढुकुटीको खर्च गर्ने ?’ सुनुवार जिल्लाको निर्वाचित प्रतिनिधि भएको कारण उनले पनि समस्या राख्न पाउनुपर्नेमा अन्य दलहरु पनि सहमत थिए ।
पत्रकारलाई भित्र र बाहिर गराइयो
राष्ट्रपति जिल्ला सदरमुकाम आएपछि जिल्ला विकासको हलमा अन्तरक्रिया शीर्षकमा कार्यक्रम राखिएपनि व्यावस्थापन लथालिङ्ग थियो । सबै अन्योलमा थिए । अन्तरक्रिया कार्यक्रम भनेपनि नेपाली सेनाले जिल्लास्थित पत्रकारहरुलाई घरि बाहिर निकाल्ने र घरि भित्र बोलाउने काम गरिएको थियो । ‘फोटो मात्रै खिचेर बाहिर जानुस्’ भन्दै जर्बजस्ती बाहिर निकालिएका पत्रकारलाई पुनः ‘आउनुस्’ भन्दै बोलाइएको थियो । पत्रकारहरुले समेत अव्यवस्थित कार्यक्रमको विरोध गरेका छन् ।
राष्ट्रपति जिल्ला सदरमुकाम आएपछि जिल्ला विकासको हलमा अन्तरक्रिया शीर्षकमा कार्यक्रम राखिएपनि व्यावस्थापन लथालिङ्ग थियो । सबै अन्योलमा थिए । अन्तरक्रिया कार्यक्रम भनेपनि नेपाली सेनाले जिल्लास्थित पत्रकारहरुलाई घरि बाहिर निकाल्ने र घरि भित्र बोलाउने काम गरिएको थियो । ‘फोटो मात्रै खिचेर बाहिर जानुस्’ भन्दै जर्बजस्ती बाहिर निकालिएका पत्रकारलाई पुनः ‘आउनुस्’ भन्दै बोलाइएको थियो । पत्रकारहरुले समेत अव्यवस्थित कार्यक्रमको विरोध गरेका छन् ।
राष्ट्रपति यादवले सभासद् सुनुवारबिच भएको विवादलाई लिएर समाचार नलेख्नोस् भन्दै हात जोडे । हात जोडे भने, ‘तपाई पत्रकारहरु राम्रो कुरा भन्दा झन् यस्तो कुरालाई लिएर बढी समाचार लेखिदिनुहुन्छ । कृपया यो विषय नलेखिदिनुहोला ।’
हलबाट बाहिरिने क्रममा समेत सभासद् माथि आफ्ना असन्तुष्टि अनौपचारिक रुपमा समेत पोख्दै आफुलाई मुख लागेकोमा दुखेसो गरे । उनका साथमा काँग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष विद्या भण्डारी, वन मन्त्री महेश आचार्य र पूर्व पर्यटन मन्त्री शरद्सिंह भण्डारीसहित थिए ।
स्थानीय पत्रकार शिवप्रसाद ढुंगानाको सहयोगमा नयाँपेजको खबर
About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment