English Edition

अफ्रिकी डान्सबारमा युवती पुर्‍याउने गिरोह पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली युवतीलाई विभिन्न प्रलोभनमा पारी अफ्रिकी, खाडी तथा अन्य मुलुकमा पठाउने गिरोहलाई पक्राउ गरेको छ ।  अफ्रिकी मुलुक तान्जानिया, केन्या, युगान्डा र खाडी मुलुक संयुक्त अरब इमिरेट्, ओमान तथा मलेसियालगायत मुलुकका डान्स बारमा नेपाली युुवतीहरु लैजाने गिरोह पक्राउ परेको हो ।

Women-Traficking
आकर्षक तलब सुविधासहितको रोजगारी लगाइदिन्छु भनी नेपाली युवतीलाई ललाइफकाइ बेचबिखन गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको ब्युरोले  जनाएको छ । झापाका सुनिल मगर र बाराका सुरेन्द्रबहादुर बस्नेत यही जेठ १४ गते पक्राउ परेको भएपनि सोमबार मात्रै सार्वजनिक गरिएको ब्युरोका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिए ।
यसअघि ललितपुरका राजेन्द्र सुवेदी, काठमाडौँका सविनराजा मानन्धर, ललितराज सिंह सुवाल, भारत नयाँ दिल्लीका भारतीय नागरिक तरुण रोजना खनगवाल, मोरङका सुनिल अधिकारी, सङ्खुवासभाका केदारबहादुर खड्का, धनकुटाका नवीन दाहाल, तेह्रथुमका राजेन्द्र खड्का पक्राउ परेका थिए ।
ब्युरोले गत वर्षदेखि सञ्चालन गरेको ‘अप्रेसन इगल’अन्तर्गत हालसम्म उनीहरु पक्राउ परेका हुन् । मानव बेचबिखन तथा ओसारपसार साथै सङ्गठित अपराधअन्तर्गत आवश्यक अनुसन्धान पूरा गरी उनीहरुलाई जेल पठाएको हो । उनीहरुले युवतीलाई मोडल बनाई तस्बिर खिचेको, विभिन्न विद्युतीय सञ्चारमाध्यममार्फत मानव तस्करी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न नाम गरेका युवतीका २४ थान राहदानी र १२ थान नागरिकता र नगदसमेत बरामद गरेको छ ।  उनीहरुको श्रीमतीको नाममा समेत युुवतीहरुलाई अफ्रिकीलगायत मुलुक पठाएको प्रहरीले जनाएको छ । उनीहरुबिच करोडौं रकमको आदानप्रदान भएको पाइएकाले उनीहरु विरुद्ध सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीको भनाई छ ।
रासस
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment