काठमाडौं : मदन–आश्रित स्मृति दिवसमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली भन्दै थिए, ‘यत्रो विपत्का वेला सरकारले के गरेको छ भन्ने कुरा सरकारमै भएर पनि एमालेलाई थाहा छैन ।’ मञ्चमा बसेका एमाले उपाध्यक्ष वामदेव गौतमले तत्कालै जवाफ फर्काए, ‘सरकारले गरेको सबै काम पार्टीलाई थाहा छ ।’ ओलीले पनि प्रश्न उठाए, ‘खोइ यत्रो टिभी, रेडियो छन्, तिनले भन्नुपर्ने ?’
गौतम फेरि बीचमै बोले, ‘सबै चिज मन्त्रालयको वेबसाइटमा राखिदिएको छ, त्यहाँ हेर्न सकिन्छ ।’ त्यतिवेलै एमाले कार्यकर्ताले दुई नेताबीचको सम्बन्ध हार्दिक नभएको लख काटिसकेका थिए ।
सार्वजनिक मञ्चमा यस्तो सवालजवाफ गर्ने यी उनै केपी ओली र वामदेव गौतम हुन् जो एक वर्षयता हरेक समीकरणमा काँधमा काँधमा मिलाएर अघि बढेका थिए । यही समीकरणले ओली संसदीय दलका नेता मात्र बनेनन्, पार्टी अध्यक्षमा पनि विजयी भए । तर, जब ओली प्रधानमन्त्री बन्ने सम्भावना बन्दै छ, गौतमसँग उनको सम्बन्ध अलिक कमजोर देखिएको छ । बरु माधव नेपालको भूमिका प्रभावकारी देखिएको छ ।
एकचोटि प्रधानमन्त्री हुने ओलीको इच्छा र फेरि प्रमुख भएर पार्टी सञ्चालन गर्ने नेपालको चाहना एक ठाउँमा मिल्दा गौतम ओझेलमा परेका छन् । राष्ट्रिय सरकार निर्माणको बहस प्रारम्भ हुनुअघिसम्म पनि पार्टीभित्र अध्यक्ष ओलीले विश्वास गरेका नेता गौतम नै थिए । दलहरूबीचका छलफलमा आफू जान नसक्दा ओलीले पार्टीको नेतृत्व गर्नेगरी गौतमलाई नै पठाउँथे । तर, अहिले राष्ट्रिय सरकार निर्माणका सिलसिलामा भएका छलफलमा गौतम कतै छैनन्, बरु सबैतिर माधव नेपाल छन् ।
एकचोटि प्रधानमन्त्री हुने ओलीको इच्छा र फेरि प्रमुख भएर पार्टी सञ्चालन गर्ने नेपालको चाहना एक ठाउँमा मिल्दा गौतम ओझेलमा परेका छन् । राष्ट्रिय सरकार निर्माणको बहस प्रारम्भ हुनुअघिसम्म पनि पार्टीभित्र अध्यक्ष ओलीले विश्वास गरेका नेता गौतम नै थिए । दलहरूबीचका छलफलमा आफू जान नसक्दा ओलीले पार्टीको नेतृत्व गर्नेगरी गौतमलाई नै पठाउँथे । तर, अहिले राष्ट्रिय सरकार निर्माणका सिलसिलामा भएका छलफलमा गौतम कतै छैनन्, बरु सबैतिर माधव नेपाल छन् ।
कतिसम्म भने तीन दिनअघि पुल्चोकस्थित निवासमै पुगेको एउटा टोलीसँग गौतमले अहिले राष्ट्रिय सरकारको आवश्यकता नै नरहेको बताएका थिए । मध्यपश्चिमका एक पूर्वसांसदको नेतृत्वमा गएको टोलीले राष्ट्रिय सरकारको कुरा के हो भनेर सोध्दा गौतमको भनाइ थियो, ‘यो पनि कुनै नयाँ सरकार बनाउने वेला हो ? हामी असोजसम्म यही सरकारमा रहन्छौँ भनेर ओलीले नै भनेका होइनन् ? फेरि यस्तो विपत्का वेला कहाँँबाट आयो नयाँ सरकारका कुरा ?’
पछिल्लो समयमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिको विषयले पनि ओली र गौतमबीचको सम्बन्ध बिगारेको स्रोतको भनाइ छ । तत्कालीन पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले भिक्षु निग्रोधलाई उपाध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषद्मा लगेको प्रस्ताव रोक्न ओलीले आग्रह गरे पनि गौतमले चुप लागेर प्रस्ताव पास गर्न सहयोग गरेपछि ओली असन्तुष्ट भएका छन् ।
गौतमनिकट मानिने स्थायी समितिका सदस्य किरण गुरुङ भने गौतम अहिले एक्लिएको स्विकार्दैनन् । एमाले, एमाओवादीको यो अग्रसरताप्रति गौतम सन्तुष्ट हुनुहुन्न रे नि ? भन्ने प्रश्नमा गुरुङले भने, ‘को सन्तुष्ट छ, को असन्तुष्ट छ भन्ने वेला नै भएको छैन । किनभने सरकार निर्माणको प्रक्रियाले त्यति धेरै गहिराइ लिएकै छैन ।’
राष्ट्रमाथि आइपरेको संकटको सामना गर्न सबै दल एक ठाउँमा उभिएका वेला कोही नेताविशेषले दलीय एकता खल्बल्याउने गरी आफ्ना सोच प्रकट गर्न नहुने ओलीनिकट पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले बताए । ‘राजनीतिमा अनेक खेल हुन्छन्, तर अहिले त्यस्तो कुनै खेल भएको छैन, समयले सबैलाई यो ठाउँमा ल्याएको हो, त्यसैले यो अवस्थामा कसैले क्षुद्र प्रकारको आग्रह–पूर्वाग्रह पाल्नुहुँदैन,’ उनले भने ।
नयाँ पत्रिका दैनिकबाट
About Unknown
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment