सिन्धुपाल्चोकको बलेफी पारी यमुनाडाँडा ८ स्थित शिला पर्वत डाँडामा ठोक्किएर माउन्टेन एयरको 9N-AJP हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। विद्युत तारमा ठोक्किएर हेलिकप्टर दुर्घटनामा परेको अपुष्ट समाचार प्राप्त भएको छ | यसको आधिकारीक पुष्टी हुन बाँकि छ।
घटनामा परी चार जनाको ज्यान गएको छ। तीन जना पूरै जलेको र एक जनाको शरीर आधा जलेको घटनास्थलमा पुगेका सेनाका एक जवानले बताए।
लामोसाँघु नपग्दै हेलिकप्टर दुर्घटना भएको डिएसपी दीपक खरेलले बताए।
विस्तृत विवरण जानकारी आई सकेको छैन | उक्त हेलिकोप्टरका चालक पाइलट सुबेग श्रेष्ठ रहेको अपुष्ट समाचार प्राप्त भएको छ |
0 comments :
Post a Comment