English Edition

अमेरिकामा हत्या गरिएकी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय -

विजय थापा ,वाशिंगटन डिसी
नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय फैसला अदालतले सुनाएको छ l आज जुन १ तारिखमा भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका २२ बर्षिय बिद्यार्थी जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा ८० बर्ष र प्रमाणहरुलाई लुकाउन प्रयास गरेकोमा थप ५ बर्ष गरि ८५ बर्षको सजाय मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनिया ब्लाक्सबर्गले सजाय तोकेको छ l
अदालतमा सुनुवाई बिहान ९ बजे देखि साँझ ५ बजे सम्म चलेको थियो भने वादी र प्रतिवादीका वकिलहरुले लामो समय सम्म बहस गरेका थिए l गत बर्ष नै नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्याराको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको थियो l

हत्याका अभियुक्त भर्जिनिया टेक्निकलका बिद्यार्थी भएको र उनीहरु भर्जिनियास्थित ब्लाक्सबर्गका स्थानिय बासिन्दा भएको प्रहरीले पनि प्रहरीले जनाएको थियो l अमेरिकाको निकै चर्चित भर्जिनिया टेक्निकल विश्व विद्यालयमा निकै नेपाली बिद्यार्थीहरु अध्ययन गर्छन l
मुख्य अभियुक्त जेसिका मिशेल विङ्ग उक्त विश्व विद्यालयमा अध्यनरत रहेको प्रहरीले जानकारी गराएको थियो भने समानता श्रेष्ठले उत्तरी भर्जिनियाको जेम्श मेडिशन माध्यमिक बिद्यालयबाट उच्च माध्यमिक शिक्षा सम्पन्न गरेकी थिइन ।

उक्त सुनुवाईमा डिसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,पत्रकार ,समाजसेवी तथा नेपाली समुदायको बिहान देखि नै घुईचो लागेको थियो l घचाखच भिड भएकोले मानिसहरु बाहिर पनि बस्नु परेको जानकारी अमेरिका नेपाल महिला संघकि पूर्व अध्यक्ष तथा महिला सामाजिक कार्यकर्ता बिष्णु कुमारी थापाले जानकारी गराईन l
वादी र प्रतिवादीका वकिलहरूले लामो समय सम्म बहस गरेको जानकारी गराउदै यस्तो प्रभावकारी बहस आफुले जीवनमा पहिलो पटक अमेरिकामा देखेको थापाले बताईन l न्यायाधिसले मुख्य अभियुक्त हत्यारा जेसिका मिशेल विङ्गले ४५ बर्ष सम्म सजाय काटे पछि उसका आचरण ,ब्यबहार ,अनुशासन राम्रो ठहर भएमा मात्र उनले अदालतमा अपिल गर्न पाउने भनि मोन्टगेमरी काउन्टी सर्कुट अदालतका न्यायाधिसले फैशला समेत गरेका छन् l
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment