English Edition

एनआरएन अमेरिका संगठन बिस्तारमा, पुनर्निर्माण अभियान सुरु

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बुधबार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले गत साता बाल्टिमोरमा सम्पन्न टाउन हल बैठकको समिक्षा गर्दै कार्यक्रममा सहभागिता जनाउनु भएका राष्ट्रपति ओबामाका सल्लाहकार संजिता प्रधान, इन्डियन हेद सिटीका मेयर किरण रोन सिटौला र अमेरिकाको लागी नेपाली राजदुत डा.अर्जुन कार्कीलाई सहभागिताको लागी धन्यवाद ज्ञापन गरिएको थियो । यसै गरि संघको अन्तराष्ट्रिय समन्वय परिषदले सुरु गरेको मातृभूमि नेपालको संबिधानमा नेपाली नागरिकता निरन्तरता अभियानलाई प्रभावकारी बनाउन अध्यक्ष डा. केशव पौडेलको संयोजकत्वमा कृष्ण पोख्रेल, राम सी पोख्रेल, रबीना थापा, शंकर खड्का, सर्बज्ञ वाग्ले, शुशील रेग्मी र सतेन्द्र शाह रहेको विशेष कार्यदल समेत गठन गरेको छ । बैठकले अमेरिकामा गैर आवाशीय आन्दोलनलाई थप मजबुत र प्रभावकारी बनाउन एक महिना भित्र अगुवा समाजसेवी र बिद्धत वर्ग रहेको सल्लाहाकार समिति गठन गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त अमेरिकामा रहेका नेपाली समुदायको हितमा काम गर्न भिन्न भिन्न उद्धेश्य रहेको कार्यदल गठन प्रक्रिया समेत सुरु गरेको छ । मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्प लगत्तै संघको तर्फबाट अति प्रभावित क्षेत्रमा गरिएको राहत वितरण र स्वास्थ्य परिक्षण अभियानको समिक्षा गर्दै मातृभूमि पुनर्निर्माणको अभियानमा अन्तराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारसंग हातेमालो गर्ने निर्णय गरेको छ । मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्पबाट प्रभावित नेपाली अमेरिकनको हितमा संचालित टेम्प्रोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) हस्ताक्षर अभियानमा सहय्ग पुर्याउने संघ संस्थालाई ध्यांबाद ज्ञापन गर्दै यसको पक्षमा जनमत निर्माण र कार्वान्वयनका लागि निरन्तर क्रियाशील रहने निर्णय गरेको छ ।  

सर्बज्ञ वाग्ले  
मिडिया कोर्डिनेटर ।  
एनआरएन एनसिसिय युएसए

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment