महा-भुकम्प, कम्पन-परकंपन
छचल्कियो तिम्रो जवानी महा-भुकम्प, कम्पन-परकंपन हुँदै देशै भरि
कस्तो रमायौ बालक,बयस्क, बुढा-बुढी नभनी, खेली रगतको होलि /
ढलायौ धरहरा, लियौ कयौ ज्यान, पुरी-च्यापी, अकालमा प्राणीको
तर सकेनौ ढलाउन घण्टा घर र एक जना पनि, मद्धे छ सय एकको
निष्ठुरी-निर्दयी रहिछ्यौ, खोसयौ काख,सिन्दुर र प्रेम, जन सज्जनको
रुप तिम्रो शोषण, लुटपाट गरि मस्ती मार्ने रहेछ, फटाहा नेताकै जस्तो
छचल्कियो तिम्रो जवानी महा-भुकम्प, कम्पन-परकंपन हुँदै देशै भरि
कस्तो रमायौ बालक,बयस्क, बुढा-बुढी नभनी, खेली रगतको होलि /
रित्यो काख, पुछियो सिन्दुर, भत्कियो बासस्थान, कति भए अनाथ
सेना-आर्मी, पुलिस-प्रहरी, राष्ट्र सेवक सबै भए, सेवा गर्न एकसाथ
दरबार र झुपडीमा बस्ने जोसुकैलाई पनि, खुला चौरको बास बसायौ
त्रिपाल भित्र टुकी बाली पेटमा मुसा नचाई, समानताको दियो जलायौ
छचल्कियो तिम्रो जवानी महा-भुकम्प, कम्पन-परकंपन हुँदै देशै भरि
कस्तो रमायौ बालक,बयस्क, बुढा-बुढी नभनी, खेली रगतको होलि /
स्कुल, अस्पताल, कलेज, मठ मन्दिर, एक एक गरी सबै भत्कायौ
बर्सौ वर्ष देखिको विश्व सम्पदा भक्तपुर, ललितपुर, काठमाडौँलाई रुवायौ
बाढी पैरो आयो जता ततै धर्ति फाटी चिरा चिरा पारी, तिमी त्यसैमा रमायौ
तर जनता, राष्ट्र रुवाएर भए पनि संबिधान जारी गर्न भने, नेता एक जुट बनायौ
छचल्कियो तिम्रो जवानी महा-भुकम्प, कम्पन, परकंपन हुँदै देशै भरि
कस्तो रमायौ बालक,बयस्क, बुढा-बुढी नभनी, खेली रगतको होलि /
रामचन्द्र भट्टराई,Chantilly, VA
0 comments :
Post a Comment