एसएलसी : सरकारी स्कूलको यो बिजोग कहिलेसम्म?
सँधै झै यसपालि पनि एसएलसी नतिजाले शिक्षाको गुणस्तर खस्कँदै गएकोमा चिन्ता जगाएको छ। यस्तो चिन्ता एसएलसी वरपर खुब सुनिन्छ, पढिन्छ। त्यसपछि फेरि जस्ताको तस्तै। यसपालिको एसएलसीमा पनि आधाभन्दा बढी अर्थात् ५२.५७ प्रतिशत फेल भए। फेल हुनेमध्ये पनि अधिकांश सरकारी विद्यालयका थिए। माथिको चार्टले स्पष्ट पार्छ सरकारी (सामुदायिक) र निजी (संस्थागत) विद्यालयको नतिजा पनि कति धेरै अन्तर छ। सरकारीमा फेल हुनेको बार ह्वात्तै उकालो लागेको छ। जबकि निजीतर्फ पास हुनेको बार अग्लो छ। सेवा, सुविधाको मामिलामा सरकारी स्कूलका शिक्षकहरुमाथि देशले धेरै लगानी गरेको छ। तर प्रतिफल यस्तो निराशालाग्दो छ।
गाउँको एउटा सरकारी स्कूलमा पढेको विद्यार्थी र सहरका सुविधाजनक बोर्डिङ स्कूलमा पढेको विद्यार्थीलाई एउटै मापदण्डमा जोखिने परीक्षामा योभन्दा अर्को नतिजाको कल्पना हामी कसरी गर्न सक्छौँ ? गाउँका विद्यार्थी फेल भए भनेर रुन्छन्, सहरका विद्यार्थी फर्स्ट डिभिजनमात्रै आयो, डिस्टिङ्कसन आएन भनेर रुन्छन्।
यो वर्ष प्राविधिकतर्फ लागू गरेर अर्को वर्ष सबैमा लागू गर्ने भनिए पनि त्यसले शिक्षाको गुणस्तर बढ्ने हैन। बस नाममा फेल कोही नहुने हो। आधाभन्दा बढी न्युनतम श्रेणीमा हुनेछन्। फरक के नै हुन्छ र?
स्रोत: माईसंसार
0 comments :
Post a Comment