English Edition

लोकतान्त्रिक प्रक्रियाको परिणाम र अलोकतान्त्रिक गतिविधि ।

लोकतान्त्रिक प्रक्रियाको परिणाम र अलोकतान्त्रिक गतिविधि ।
निर्वाचन प्रक्रिया लोकतन्त्रमा पदाधिकारी छनौट गर्ने सर्वोत्तम विधि र प्रक्रिया हो।जसको लागि निर्वाचन आयोग वा समितिले मतदाता नामावली संकलन देखि लिएर अन्तिम फैसला सम्मका कृयाकलापहरुलाई सहज र सरल वनाउन निश्चित कार्यविधि र आचारसंहिता तयार गरी त्यसैको अधिनमा रही निर्वाचनको शुरुवातदेखि फैसला सम्मका गतिविधि संचालन गर्ने गरिन्छ र प्रतिस्पर्धामा भाग लिने सवैले सो प्रक्रिया र परिणामलाई स्वीकार्ने गर्दछन परिणाम चाहे आफ्नो पक्षमा होस वा विपक्षमा मात्र सरोकार हुन्छ विधि र प्रक्रियाको ।जुन नियम,विधि,प्रक्रिया र आचारसंहिता अनुसार उमेदवारी दिनुभएको त्यसैको आधारमा फ़ैसला भएको हो भने यसलाई धादलीको परिभाषा दिनु कति पनि सुहाउदिलो क़ुरा होईन।
दोश्रो कुरा वैधानिक त्रुटीहरु छन भने त्यसलाई सच्याउने अधिकार निर्वाचन आयोगलाईमात्र हुदैन।जसले जुन उद्देश्य र प्रयोजनको लागि विधान तयार गरेको उही समूह र प्रक्रियावाट मात्र संसोधनको संभावना देखिन्छ भने अर्कों तर्फ जुन विधानमा टेकेर निर्वाचन गरियो त्यसैको आधारमा फैसला हुने हो यसैकारण वर्तमान निर्वाचित कार्य समिति एकमात्र वैधानिक र आधिकारिक समिति हो।
कुरा रह्ये हार र जितको लोकतन्त्रमा सवै भन्दा ठूलो जनतानै हुन यसैले लोकतान्त्रिक प्रक्रियामा सवैभन्दा ठूलो जित भनेको जनमतको सम्माननै हो।यसमा न कसैले हार्छन न कसैले जित्छन पनि।यस प्रक्रियामा जित दुई किसिमवाट हुन्छ,पहिलो हो प्राविधिक जित जस अन्तर्गत प्रतिस्पर्धामा भाग लिएका मध्ये सवैभन्दा वढी मत ल्याउने विजयी हुन्छ भने दोश्रो हो नैतिक जीत यस अन्तर्गत जसले आफुलाई प्राप्त जनमतको सम्मान गर्दै परिणामलाई स्वीकार्दछ।वर्तमान निर्वाचन परिणामलाई लिएर पराजित मानसिकता लिनुभएको भए कृपया त्यसलाई त्यागिदिनुहोस र जनमतको कदर गर्दै अघि वढ्नुहोस तपाईहरु प्राविधिकरुपमा हारे पनि नैतिकरुपमा विजयी हुनुहुनेछ।
त्यसैगरी धादलीको कुरा गर्नुहुन्छ भने सदस्यता दर्ता प्रक्रियामै किन आवाज उठाउन सक्नुभएन?सदस्यता दर्ता गरिदा जुन इमेल प्रयोग गरिएको छ सोही इमेलमा log in ID र pass word उपलब्ध गराइएको भए धादलीको आरोप कपोलकल्पित मात्र सावित हुनेछ।
विकसित राष्ट्रहरुको परिणामको उदाहरणलाई लिने हो भने हार्नेले पनि जित्नेसँग सौहाद्रपूर्ण व्यवहार गर्ने र शुभकामना दिने गरेको पाइन्छ भने विकासोन्मुख र अल्पविकसित राष्ट्रहरुमा हार्नेले जित्नेलाई धादलीको आरोप लगाउने र मत परिणाम वहिष्कार सम्मका घटना हुने गर्दछन जुन विशेषता नेपालका धेरै राजनेताहरुमा मैले देख्ने गरेकोछु।यस किसिमको विशेषता भनेको राजनैतिक संस्कृति र संस्कारको कमिले गर्दा हुने लोकतान्त्रिक प्रक्रिया भित्रको अलोकतान्त्रिक चरित्र मात्र हो।
अन्त्यमा NRN USA को वर्तमान परिवेशको वारेमा मेरो विनम्र अनुरोध कृपया कसैले पनि हार्नु भएको छैन यदि प्राविधिकरुपमा हार्नु भएको भए पनि नैतिक रुपमा जित्ने अवसर यहीनै हो।यदि प्राप्त जनमत र परिणामलाई सम्मान गर्दै अघि वढ्नु भयो भने तपाईहरु महान हुनुहुनेछ र नैतिक रुपमा जित्नुहुनेछ।वन्दुकको नालववाट सत्त्ा हत्याउन सकिन्छ भनेर Bullet मा विश्वास गर्ने माओवादी पनि अन्ततः जनमत (ballet) मा विश्वास गर्दै संविधानसभामा भाग लिएको नेपालकै उदाहरणवाट पनि केही पाठ सिक्नेकी?आफै मतदाता प्रमाणीकरणमा वस्ने अनि आफै धादली भयो भन्ने कस्तो द्वैध कुरा गर्नु भएको तपाईहरुले यसले तपाइहरुको उचाइ वढाउने होईन झन घटाउनेछ।त्यसैले उक्त परिणाम र जनमतलाई स्वीकारेर अघि वढ्न सक्नुभएन भने तपाईहरु नैतिक र प्राविधिक दुवैरुपमा हार्नुहुनेछ र तपाईहरुको आरोप हाम्रै नेताहरुको जस्तै लोकतान्त्रिक प्रक्रियाभित्रको अलोकतान्त्रिक चरित्र मात्र हुनेछ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment