English Edition

नाम जस्तै काम गर्दै पत्रकार नहर्की



तनहुँ , २ असार । तनहुँका पत्रकार अमरराज नहर्कीले आफ्नो नाम जस्तै साहित्य र पत्रकारिताको माध्यमबाट अमर हुन चाहेका छन् । साच्चिकै अमर हुने प्रयशका लागि पत्रकार नहर्कीका सृजनाहरु बजारमा ल्याउने वातावरणमा लागेका छन् । पत्रकार नहर्की गोरखापत्र दैनिकका तनहुँ समाचारदाता तथा रेडियो बन्दीपुरका स्टेशन म्यानेजर हुन् ।  ‘जीवन अजम्बरी छैन तर सृजना कहिल्यै मर्दैनन् त्यसैले सृजनशील हुन चाहन्छु ’ पत्रकार नहर्कीले भने ।  साहित्यका विबिध सृजना गरे पनि उनि खासगरी गीतकारको रुपमा पनि आफ्नो परिचय बनाएका छन् । उनिद्धारा रचित गीतहरु बजारमा आउन थालेका छन् । बजारमा आएका कतिपय गीतका म्युजिक भिडियो पनि तयार भईसकेका छन् ।


वैशाख १२ गतेको महाभुकम्पले गर्दा म्युजिक भिडियो तयार भए पनि बजारमा आउन ढिला भएको पत्रकार नहर्कीले बताए । सामान्य बन्दै गएकाले बजार ल्याईएको उनले बताए । भिडियोको प्रस्तुति काठमाडौँ स्थित भाईब क्रियशन रहेको छ । क्रियशनले युटुबको सहायतामा बजारमा ल्याएको छ । म्युजिक भिडियोको निमार्ण भने पोखरा स्थित फलानो क्रियशन गरेको थियो । बजारमा आएको भिडियोमा बोलको गजल गीत रहेको छ ।



‘दुःखी छु दुःखले छुन चाहन्न
 त्यसैले तिम्रो हुन चाहन्न
लिए पछि तिर्नु नि सक्नु पर्छ
सक्दिन तिर्न गून चाहन्न
म छु झुपडीमा तिमी महलमा
भुईमा छु आकाशको जून चाहन्न’

गीतमा श्वर चर्चित गायक राज सिग्देलले दिनु भएको छ । गीतमा सङ्गीत पनि गायक सिग्देलको नै रहेको छ । भिडियोको निर्देशन सञ्चारकर्मी अपिल त्रिपाठीले गरेका छन् । भिडियोको छायाकारमा सरोज अधिकारी रहेका छन् । भिडियोको सम्पादन सुवास अम्गाईले गरेका छन् । गीतको सुन्दर नगरी पोखरा र यस आसपास क्षेत्रमा छायाङ्कन गरिएको छ । भिडियोमा सुमन श्रेष्ठ ,अस्मिता क्षेत्री र अजुर्न नागिलाको मूख्य भुमिका रहेको छ । गीतमा चर्चित गायक राज सिग्देलको श्वर रहेको छ । गीतको सङ्गीत पनि राज सिग्देलको नै रहेको छ । गीतको ड्रिम्स रेकडिङ स्टुडियो कमलादी काठमाडौंमा रेर्कड गरिएको थियो । गीत महिलाको आवाजमा पनि रेकर्ड भएको छ । महिलाको श्वरको भने भिडियो तयार हुन बाँकी छ । महिलामा शुसिला नेपाल थापाले श्वर दिनु भएको छ  । नहर्कीद्धारा लिखित रोमान्टिक गीत नवराज थापाको श्वर तथा सङ्गीतमा ‘लाखौं तारा आकाशमा तर तिमी जून, स्वभव पनि तिमी नम्बरी सुन..’ रहेको छ । यस्तै बोलको पोखराको सौन्र्दय र माया प्रीतिसँग जोडिएको लोक पप गीत पल्टने गायक बिरु जीएमको सङ्गीतमा नेपाली सेनाका कर्णेल गौरब गुरुङको श्वरमा रेर्कड भएको छ । यो गीत पनि चाँडै नै बजारमा आउन लागेको छ । भिडियाेकाे लागि यहाँ क्लिक गर्नुहाेस 


‘माछापुच्छ्रे मेरो छायाँ डुब्यो फेवातालमा
तिम्ले माने बिहे गरी लान्छु यसै सालमा....’ 



‘पवित्र मायालाई मिसायौ जहरमा
म पाईला टेक्दिन तिम्रो सहरमा 
बगेर सागरमा तिमी पुगे पनि 
ढुङ्गा भैm रोएर बसेँ म बगरमा ....’
....’ लगायतका गीतहरु बजारमा आउने तयारी भई रहेको गीतकार नहर्कीले बताए । नहर्की मिलन बिछोड , धनी गरीब बीचको अनमेल , जातिय विभेदलाई गीत तथा गजलको रुपमा पस्किन्छन् । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले २०५४ सालमा आयोजना गरेको क्याम्पस स्तरीय कविता प्रतियोगितामा ‘पोल्ने छायाँ’ बोलको कविता प्रतियोगितामा प्रथम भए पछि हौंसला मिलेको नहर्कीले बताउनु भयो । ‘मानविकी संकायमा प्रथम वर्षमा पढ्दै गर्दा पहिलो पटक प्रतियोगितामा भाग लिएको र प्रथम हुन समेत सफल भएकाले उत्साह मिल्न गयो’ गीतकार नहर्कीले भने । पत्रकार नहर्कीले १२ वर्ष अघि देखि पत्रकारिता क्षेत्रमा आबद्ध छन् । २०५८ सालमा कामना प्रकाशन समुहको नेपाल समाचारपत्र दैनिकबाट पत्रकारिता सुरु गर्नु भएको थियो । स्थानिय स्तरका दजनौं सामाजिक सस्थाबाट सम्मानित पत्रकार नहर्की शिक्षा लेखनबृत्ति पत्रकारीता पुरस्कार–२०७०’ लगायतबाट पुरस्कृत हुनु भएको छ । पत्रकार नहर्की तनहुँको व्यास नगरपालिका– ३ पोल्याङमा जन्मिएका हुन् । स्वर्गिय बुबा गेगनाथ नहर्की र मिठुमाया नहर्कीको कोखबाट जन्मिएका नहर्की ‘आमाको प्रेरणाले लेखनका लाग्न प्रेरित भएको बताए । लेखनका लागि कान्छो बुबाको छोरा दाई शङ्करराज नहर्कीबाट लेखन क्षेत्रमा लागेकाले देखा सिकीले अघि बढ्दै गएको पनि उनले बताए । बाल्यकाल देखि नै लेख्दै आउनु भएका नहर्की पत्रकारीता र साहित्य एकै साथ लैजाने बताए । साहित्यमा रुची राखी लेख्ने समेत हुनाले कला पत्रकारितामा बढी कलम चलाउने गर्छन् । नहर्की खास गरी गीत , गजल , मुक्तक , हाईकु र कविता लेख्छन् ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment