English Edition

नर्दन क्यालिफोर्नियामै पहिलो पटक 'भानु जयन्ती 'भव्यसँग मनाउने !

उत्तरी क्यालिफोर्नियामा आफ्नो कार्य क्षेत्र बनाई आएको नेपालीहरुको पुरानो संस्था ‘नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्निया (न्यान्स) भन्ने पुरानो संस्थाले July 19,2015 आईतवारका दिन भव्यताका साथ 'भानु जयन्ती मनाउने निर्णय गरेको छ । न्यान्सकै अग्रसरतामा साहित्य प्रति रूची राख्ने व्यक्तित्वहरूलाई समेटेर 'भानु जयन्ती ' समारोह समिति उक्त संस्थाले गठन गरेको हो । संस्थाका कोषाध्यक्ष राम बाबु आचार्यको संयोजकत्वमा सात सदस्यीय भानु जयन्ती समारोह समिति-२०१५” गठन गरिएको छ ।
उक्त संस्थाले यस बर्ष आदिकवि भानुभक्त आचार्यबाट नेपाली भाषामा दिएको देनलाई स्मरण गर्दै सो कार्यक्रममा कबिता, गजल र गीतलाई समावेश गरिने भएको छ । क्यालिफोर्नियाका बिभिन्न शहरमा बसोबास गरी नेपाली साहित्यमा कलम चलाउने व्यक्तित्वहरु ध्रुव थापा(बर्क्ली), हरिहर दाहाल(सन्निवेल), सर्बज्ञ वाग्ले(सान पाब्लो), बिष्णु गुरुङ ‘एकता’(रिचमण्ड), बासु ढकाल(उड्ल्याण्ड) र तोया दाहाल(सन्निवेल) सदस्य रहनु भएको ७ सदस्यीय “भानु जयन्ति समारोह समिति नामाकरण गरिएको छ।
कार्यक्रम स्थलको तय भए पछि जानकारी गराउने गरि हाललाई सम्पूर्ण नेपाली भाषा प्रेमी, साहित्य प्रेमीहरुलाई कबिता, गजल र गीत समावेश गरि सहभागी भई मातृभूमि नेपाल र नेपाली भाषासंगको अगाध सम्बन्ध मजबुत बनाउन र कार्यक्रम सफल बनाई दिन नेपाली एसोसियसन अफ नोर्दन क्यालिफोर्निया र भानु जयन्ती समारोह समितिले सादर अनुरोध गरेको छ।
सर्बज्ञ वाग्ले

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment