English Edition

यसरी भयो हेलिकोप्टर दुर्घटना

काठमाडौँ : माउन्टेन एयरको 9 N-AJP हेलिकोप्टर  सिन्धुपाल्चोकको यमुनाडाँडा गाविसमा दुर्घटना हुँदा चालक दलका सदस्य सहित चार जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत पुर्‍याउन परिचालित माउन्टेन एयरको हेलिकोप्टर मंगलबार दिउँसो सिन्धुपाल्चोक यमुनाडाँडा गाविसको बिजुुलीको हाइटेन्सन लाइनमा ठोक्कीएर शीला पर्वतमा खसेको थियो ।

Heli accident
पाइलट श्रेष्ठ ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख दीपकराज खरेलका अनुसारभक्तपुर घर भएका पाइलट सुबेग श्रेष्ठ, अमितकुमार सिंह, शेरबहादुर कार्की र हल्याण्डकी नागरिक  जेसिकाको मृत्यु भएको हो । महत र कार्की  चिकित्सक हुन् भने  जेसिका नर्स  हुन्। हेलिकप्टरका क्याप्टेन  श्रेष्ठ केही समयअघि मात्र क्याप्टेनमा बढुवा भएका थिए ।
प्रत्यक्षदर्शीहरुका अनुसार  हेलिकप्टर बिजुलीको हाईटेन्सन लाईनमा ठोक्किएर दुर्घटना भएको हो । सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा पर्ने गुम्बा गाविसको तेम्बाथानमा राहत तथा स्वास्थ्य सेवा प्रदान गरेर हेलीकोप्टर फर्किन्दै थिए ।
हेलिकोप्टरले काठमाडौं विमानस्थलमा अन्तिमपटक २ बजेर ३७ मिनेटमा सम्पर्क गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। त्यसपछि सम्पर्कविहीन भएको हेलिकोप्टर दुर्घटनामा परेको हो। स्थानीयबासीहरुका अनुसार हेलिकोप्टर अनियन्त्रीत भएर तल तल उडेको थियो ।  हेलिकप्टर दुर्घटनापछि जंगलमा भीषण आगलागी समेत भएको थियो ।
Heli
heli3
Accident Nepal
तस्बिर : दिनेश थापाको ट्वीटरबाट साभार ।
Mountain helicopter Accident
हेलिकोप्टर दुर्घटनापछि जंगलमा लागेको आगो हेर्दै स्थानीयवासी । 
तस्बिर : शान्त नेपालीको ट्वीटरबाट साभार
नयाँपेजबाट  
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment