English Edition

सुगौली सन्धिमा गाभिएको भूभाग फिर्ता मागौं: सुजितकुमार खड्का

सुगौली सन्धि अन्तर्गत नेपालले तत्काकिन ब्रिटिस कम्पनि सरकार लाइ बुझाएको नेपालको भूभाग फिर्ता माग्ने  नेपालको लागि सुबर्ण अबसर यही  हो | श्री ५ बडा महाराजाधिराज पृथिबीनारायण शाहबाट सुरु भएको नेपाल एकीकरण ब़ाहादुर शाह हुदै  राणा सरकार श्री ३ महाराज जंग बहादुर राणासम्मको कालखण्डको अभिलेख बाट के पुस्टि हुन्छ भने तत्कालिन  राणा सरकारले नेपालको
भूभाग हालको भारतमा गाभिने गरि तत्कालिन ब्रिटिस सरकारसंग गरिएको १९५० को  सन्धि खारेज गराउन एउटा आटीलो राजनेताको  आवस्यकता त थियो | तैपनि आजको दिनसम्म त्यो अभिभारा कसैले पुरा गर्न सकेनन !
 त्यसकारण  अबको नेपाल एउटा ठुलो विपद पछि  नया योजना र नया मोडेलका साथ् आगाडी जानु पर्ने भएकोले आफ्नो गाभीएको भूभागको समेत एकृकित योजनाका साथ् राष्ट्रको  आर्थिक नीति
बलियो पार्नु पर्ने भएको हुदा नेपाल को सिमाना समुन्द्रसम्म जोड्नु र ब्यापार  पारबहनमा सहजता ल्याउनु  अनिबार्य हुन्छ | जुन काम गर्न अंग्रेजसंगको सन्धि बाधक छ | त्यसकारण ब्रिटिससंग नया नेपाल नया पिडिकालागि भन्ने संखघोष  गरि हाम्रो भुमि फिर्ता माग्नु पर्दछ | 
यसमा भारतको  नेपालसंग  कुनै सम्बन्ध  हुने छैन | भारत मात्र चाहन्छ कि नेपालले यो कुरा नउठाइदियोस र नेपालका राजनीतिक दलहरु मात्र सतही राजनीतिक कुरामा मात्र अल्मल्लिउन | राम्रो नेतृत्वको जन्म नहोस उसको चाहना यही हो किनभने त्यो मुद्धा  उसको अधिकार क्षत्र  भित्र पनि पर्दैन र भारतमा  नेपालका भुमि बिलय गराउने कुनै सन्धि भएकै छैन |
  जुनकुरा जान्न  इतिहास पल्टाए हुन्छ | पूर्वमा टिस्टा  नदि  पश्चिममा कुमाउ र गडवाल हुदै  जमुना नदी सम्मको हाम्रो भूभाग हामीले ब्रिटिस सरकारसंग माग्ने हो भारत संग होइन | यति भूभाग पाउन हाम्रा पुर्खा बिर भक्ति थापा, अमरसिह, बलभद्र कुवर जस्ता धेरैले आफ्नो बलिदानी दिनुभएको छ | उक्त समयमा  भारत स्वयं ब्रिटिस को गुलाम बनिरहेको थियो | मैले किन यति खेर यो मुद्धा उठान गर्न खोजेको हो भने भुकम्पपछि तहसनहस भएको नेपाललाइ नया नेपाल बनाउन भनेर  रास्ट्रिय सरकारको तातो हावा चलिरहेको बर्तमान अबस्थामा यस किसिमको काम  उक्त रास्ट्रिय सरकारले नै  गर्न सक्ने भएकोले समय सान्धर्भिक ठाने | हाम्रो मानसिकता पनि सधै भारतले दिएको ग्रीन सिग्नल बाट मात्रै नेपालको प्रधानमन्त्रि टिक्छ भन्ने  किम्बदन्ती छ जुन सरासर गलत हो | हामि आफुलाई  संसारमा बहादुरीको प्रतिक ठान्छौ तर आफ्नै गाभिएको भूभाग फिर्ता माग्दैनौ किन ? भारतले केही भन्छ कि भन्ने  हामि भित्रको त्रासको उपज हो तर भारतले बिरोध होइन रचनात्मक सहयोग गर्ने हो |यदि जनसंख्या भनौ वा अन्य यो वा त्यो कारण बन्छ भने कति बर्समा नेपाल लाइ फिर्ता गर्ने १० ,२० बर्से नया त्रिपक्ष्य सन्धिको अबधारना बनाइ अबको नया पुस्तालाइ हस्तान्तरण गर्नु  पर्ने हुन्छ |
  त्यसैले यदी नेपालका  राजनीतिक नेतृत्वको देस बनाउने कोमल हिरदय हो भने रास्ट्रिय सरकारको काममा यो कुरा प्राथामीकताका साथ समाबेस गर्नुस  र भाबी पुस्ता लाइ एउटा महँगो उधाहरण दिनुस  | हामीलाई थाहा छ, संसारका धेरै  उपनिबेस फर्किएका छन्  | परन्तु नेपालको भूभाग त उपनिबेस भित्र पनि पर्दैन मात्र दया मायाको सन्धिमा आधारित छन्  | जसको बलियो प्रमाण ब्रिटिससंग ताजै छ | मात्र हाम्रो  हुति नभएको अबस्था हो |
                                                                           
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment