English Edition

जापानको भुकम्प र नेपालीको अनुभव -प्रवीण हिराचन


गएको सनिबार म घर मै थिएँ | मेरो कोठा तेस्रो तल्लामा छ | तर म  भुई तल्लामा रहेको जेठानको कोठामा थिएँ | हल्का भुई हल्लियो | हामीलाई भुकम्प गयो भन्ने भयो | भुकम्प जापानमा सामान्य हो | गईरहन्छ | सनिबार पनि गयो |अरुबेला अलि सानो र थोरै हल्लाउथ्यो | सनिबार अल्लि बढी हल्लायो | एकमनले त भागौं भन्ने सोचे | तर भागिएन |
म बस्ने भवन मा झन्डै पचास परिवार नेपाली छौं | लगभग तिन सय जना नेपाली | कोहि कोहि भाग्नु पनि भएछ | सायद माथिल्लो तल्लामा बढी हल्लाएर  होला | उसो त  जापानमा भुकम्प आयो भने भाग्ने चलन छैन | त्यस्तो बेलामा केहि समान नखस्ने ठाउमा नचली बस्नुपर्छ भन्ने ज्ञान सबैलाइ छ |

हामीले नेपालको भुकम्पको समाचार देख्दा देख्दा दिक्क भएको बेलामा यो भुकम्प गयो |  नेपालमा भन्दा ठुलो भुकम्प गएको थियो  | तर क्षति भने केहि भएन | कस्तो अचम्म ! सबैजना त्यही भन्छन | शुरुमा त केहि जस्तो लागेन | जब माथि कोठामा गएँ मान्छेहरु देखिन | अल्लि बढी हल्लाएकोले तल्लो तल्लामा झर्नु भएको रहेछ | नेपालको डरलाग्दो चित्रले गर्दा पनि होला उहाँहरुलाई भाग्न मन लागेको | बिस्तारै मलाई पनि डर लग्यो | मैले पनि नेपाल सम्झे | ऒहो ! यहाँ पनि तेस्तै बिनाश भएको भए ? म  त बाच्ने थिइन | किनकि भुकम्पको शक्तिका हिसाबले यो नेपालको भन्दा पनि ठुलो पो हो त | यो भुकम्प शक्तिशाली थियो भन्ने कुरा पनि पछि फेसबुक र समाचार हेरेर थाहा पाएको  हुँ | पछि साथीभाईहरुसंग कुरा भयो | सबैजना सकुशल
रहेछन |

 यत्ति ठुलो भुकम्प गएपछि पनि जापानको जनजीवनमा खाशै ठुलो असर परेन | सबै जना उस्तै दुरुस्तै | एउटा पनि भवन भत्केन| एकजना मान्छे मरेनन | मात्र आधा घण्टाका लागि ट्रेन सेवा बन्द भयो | आखिर भूकम्पको झड्का त उही हो | मात्र यहाँ भुकम्प निरोधि घरहरु छन् | सुन्नेलाई पत्यार लाग्दैन | यहाँका घरहरु दाँया बाँया पिङ्ग झै हल्लिएको कुरा पहिलो पटक त देख्नेलाई पनि पत्यार लाग्दैन | पचास तल्ले र सय तल्ले घरहरुको हालत हेर्दा अचम्मको नै हुन्छ |

मानिसहरु सबै तालिम प्राप्त हुन्छन | स्कुल देखि नै भुकम्पका असरबाट  कसरी जोगिने भन्ने बारेमा तालिम दिईएको हुन्छ | बिदेशीहरुलाई पनि बेला बेलामा तालिम को ब्यबस्था हुन्छ | त्यसैले त त्यत्रो भुकम्पमा पनि कुनै भागदौड हुदैन | भवनहरु देखि सारा संरचना भूकम्पीय जोखिमलाई मध्यनजर गरेर बनाइएको हुन्छ |

जसरि जापानमा बेलाबेलामा भुकम्प जान्छ भन्ने छ त्यसरी नै नेपालमा साठी देखि अस्सी वर्षको बिचमा एउटा ठुलो भुकम्प जान्छ  भन्ने प्रमाणित नै छ | तर हाम्रो नीति निर्माताहरुको चरम लापरबाहीका कारण हामीले हरेक पटक ठुलो मूल्य चुकाउनु परेको छ | गल्तिबाट पाठ सिक्ने होइन झन् ढाकछोप गर्ने हाम्रो बानीले नै हाम्रो प्रगति नभएको हो |

एक महिनाको अन्तरमा जापान र नेपालमा गएको भूकम्पले एउटा संदेश दिएको छ - भूकम्पका कारणले मात्र जनधनको क्षति हुदैन | त्यसमा मान्छेको लापरबाही पनि उत्तिकै जिम्मेबार छ |
हिराचनको घर नेपालको पोखरा हो | हाल उनी जापानमा छन् | द नेपाल टुडेका एक सदस्य हुन् | 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment