लन्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले निकट केही व्यक्तिले मनपरी निर्णय गर्दा उनकै बद्ननाम भएपछि गैरआवासीय नेपाली संघ अमेरिकामा हङगमा मच्चिएको छ । गत महिना सम्पन्न गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनको बिषयलाई लिएर पदाधिकारीहरु अहिले गालीगलौजमा उत्रेका छन् । अध्यक्ष शेष घले निकट मानिने अमेरिका क्षेत्रका उपसंयोजक सोनाम लामाले नवनिर्वाचन अध्यक्ष डा. केशव पौडलको कार्यसमितिलाई एकपक्षीय रुपमा निलम्बन गरेपछि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अहिले अप्ठ्यारोमा परेका हुन् ।
गैरआवासीय नेपाली संघको विधानअनुरुप कुनै पनि राष्ट्रिय समिति विघटन गर्ने अधिकार अन्तर्राष्ट्रिय परिषदलाई मात्र छ । क्षेत्रीय उपसंयोजक लामाले अख्तियार दुरुपयोग गरेको भन्दै एनआरएनभित्रै उनीमाथि कार्यवाही हुनुपर्ने माग उठेको छ ।
उनलाई आन्तरिक बिषयमा छलफल गरेर बिवाद मिलाउन भनिएको थियो, तर कुन अधिकार प्रयोग गरेर निर्वाचित समितलाई निलम्बन गरे, त्यो बुझ्न सकिएन, एक एनआरएन पदाधिकारीले बताए । लामाको पछिल्लो निर्णयलाई अमेरिकास्थित एक गैरआवासीय नेपाली शंकर खड्काले लामामाथि व्याङ्ग्य गर्दै लेखेका छन्– श्री ५ सोनाम लामाज्यू, तपाईले संसारको सबैभन्दा धेरै एनआरएन भएको देश अमेरिकाको हाल निर्वाचित कार्यसमितिलाई एनआरएन आइसीसीको विधानको कुन धारा, कुन उपधारा, कुन दफा र कुन अनुसूचि टेकेर काम कारवाही नगर्न ठाडो आदेश बक्सनु भएको हो ? सारा आप्रवासी नेपाली यसको उत्तर खोजीमा छन् ।
गैरआवासीय नेपाली संघले जुन ८ तारिख लामालाई एक गाइडलाइनसहितको पत्र लेख्दै भइरहेको विवादका सम्बन्धमा बुझेर अन्तर्राष्ट्रिय समितिमा रिर्पोट गर्न भनिएको थियो । तर, लामाले सोही पत्रको आधारमा अध्यक्ष डा. पौडेललाई तत्काल कुनै काम नगर्न उर्दी जारी गरेका थिए ।

एनआरएन आईसीसीले छानविनका लागि अमेरिका क्षेत्रका लागि आरसी नवराज गुरुङ र डीआरसी सोनाम लामालाई जिम्मेबारी दिएकोमा डीआरसी सोनाम लामाले वक्तब्य जारी गरी छानविन प्रकृया पुरा नहुन्जेलसम्मका लागि एनआरएन अमेरिकाको कार्यसमितिलाई निलम्बन गरिएको जनाएका छन् ।
वक्तब्यमा आईसीसीले दिएको जिम्मेवारी र निर्देशन अनुसार जुन ८, २०१५ देखि नै लागू हुने गरी छानविनका लागि प्रकृया सुरु गरिसकिएको जनाइएको छ । साथै छानविनका लागि सहज वातावरण बनाउनका लागि जुन ८, २०१५ देखि लागू हुनेगरी एनआरएन एनसीसी अमेरिकाको कार्यसमिति र त्यस माताहतका अन्य सम्पूर्ण कमिटीलाई कुनै कामकारवाही नगर्न निर्देश गरिएको छ । छानविन प्रकृया पुरा नहुन्जेलसम्मका लागि एनआरएन एनसीसीका तर्फबाट कुनै सार्वजनिक तथा औपचारिक कार्यक्रम नगर्न , बैंक खाता संचालनमा कुनै गतिविधि नगर्न तथा एनआरएनका तर्फबाट कुनै कामकाज नगर्न समेत निर्देश गरिएको छ ।
चुनावमा अनियमितता भए नभएको छानविनका लागि आवश्यकता अनुशार निकट भविश्यमा छानविन कमिटी गठनका लागि छलफल चलिरहेको र छानविनपछि यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने वक्तब्यमा जनाइएको छ । छानविनपछि त्यसको रिपोर्ट एनआरएन आईसीसीबाट माग भएबमोजिम अन्तर्र्रािष्ट्रय कार्यकारी सचिवालयमा पेश गरिने पनि वक्तब्यमा उल्लेख छ ।

यसैबीच एनआरएन आईसीसीका तर्फबाट डीआरसी सोनाम लामाले एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष डाक्टर पौडेललाई पत्राचार गर्दै छानविनका लागि सहज वातावरण बनाउनका लागि एनआरएन एनसीसी अमेरिकाको कार्यसमिति र माताहतका अन्य सम्पूर्ण कमिटीलाई कुनै कामकारवाही नगर्न जानकारी गराएका छन् । साथै छानविन प्रकृया पूरा नहुञ्जेलसम्मका लागि एनआरएन एनसीसीका तर्फबाट कुनै सार्वजनिक तथा औपचारिक कार्यक्रम नगर्न, बैंक खातामा सञ्चालनमा कुनै गतिविधि नगर्न तथा एनआरएनका तर्फबाट कुनै कामकाज नगर्नसमेत निर्देश गरेका छन् ।
निलम्बित भएको छैन – महासचिव पन्त
गैरआवासीय नेपाली संघ अमेरिकाको पछिल्लो विवादलाई गैरअवासीय नेपाली संघले नजिकबाट नियालिरहेको महासचिव कुमार पन्तले बताए । एनआरएन अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनका सम्बन्धमा विभिन्न खाले टिकाटिप्पणी आएपछि क्षेत्रीय उपसंयोजक सोनाम लामालाई सबै कुरा बुझेर आइसीसीमा रिपोट दिनु भनिएको हो । लामालाई संघको विधानविपरित गएर एनसीसी निलम्बन गर्ने अधिकार छैन् । उनले भने– ‘गैरआवासीय नेपाली संघको विधानअनुरुप विवादको अन्त्य गरिने छ । त्यसैले अमेरिकास्थित गैरआवासीय नेपालीलाई आइसीसीको निर्णयबाहेक अन्य निकायबाट आउने निर्णयका बिषयमा नअल्झिन आग्रह गर्दछु । कुनै पनि निवार्चित कार्यसमितिलाई निलम्बन गर्ने अधिकार गैरआवासीय नेपाली संघको विधानमा समेत नभएको एनआरएन विधान समितिका एक सदस्यले बताए् । एनआरएनको विधानअनुरुप एनआरएन एनसीसीको अबद्धता खारेज गर्न सकिन्छ तर निलम्बन गर्ने अधिकार आइसीसीलाई समेत छैन विधान समितिका ती सदस्यले बताए । नेपालब्रिटेन डटकमले समाचार छापेको छ |

0 comments :
Post a Comment