काठमाडौ : सहरी विकास मन्त्रालयले ठूला ब्यापारीको दबाबमा भवन निर्माण खुला गर्ने निर्णय गरेको छ ।
भूकम्पपछि स्थानीय विकास मन्त्रालयले दुई तलाभन्दामाथिको घर निर्माणमा रोक लगाइरहेका बेला सहरी विकासले खुलाउने निर्णय गरेको हो ।
स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जेठ ४ मा मन्त्रीस्तरीय निर्णय गरी असार मसान्तसम्म रोक लगाएका थिए । यो निर्णय मन्त्रालयले खारेज गरिसकेको छैन । तर सहरी विकास सचिव अर्जुनकुमार कार्कीले सचिवस्तरीय निर्णय गरी भवन निर्माण खुला गरेको हो ।
ठूला ब्यापारीको दबाबमा सहरी विकासले यस्तो निर्णय गरेको हो । ब्यपारीले यस्तै दबाब भौतिक पूर्वाधार मन्त्रालयलाई पनि दिँदै आएका छन् । भवन निर्माणमा रोक लगाउँदा समग्र आर्थिक क्षेत्रमा ठूलो असर परेको भन्दै चाँडो प्रतिबन्ध फुकुवा गर्न ब्यापारीले लबिङ गरिरहेका छन् ।
स्थानीय विकास मन्त्रालयले असारमसान्तसम्म नयाँ भवन निर्माणका लागि नक्सा पास नगर्ने, निर्णयअघि नक्सा पास भए पनि निर्माण शुरु भएको हकमा पनि काम नथाल्ने र निर्माण कार्य भइरहेका भवनहरुका हकमा पनि दुई तलाभन्दामाथि बनाउन नपाइने गरी असार मसान्तसम्म रोक लगाएको समाचार अन्नपूर्ण पोष्ट्ले छापेको छ।
About Unknown
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment