English Edition

​भारत बंगलादेशसँग पराजित

असार ४ – बंगलादेश विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत बंगलादेशसँग पराजित भएको छ । बिहीबार राती सकिएको खेलमा भारत बंगलादेशसँग ७९ रनको फराकिलो अन्तरले पराजित भयो । 
बंगलादेशले दिएको ३ सय ८ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभरमा मात्र २ सय २८ रनमा समेटियो । भारतले उत्कृष्ट सुरुवात गरेपनि मध्य तथा पुछारका ब्याट्सम्यान नचल्दा पराजित भएको हो । भारतका लागि रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । शर्माले ६३ र धवनले ३० रन बनाए । यस्तै सुरेश रैनाले ४०, रविन्द्र जडेजाले ३२ र विनय कुमारले २५ रन बनाउनबाहेक अन्य कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेनन् । भारतलाई कम स्कोरमा समेट्नका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गरेका मुस्तफिजुर रहेमनले सर्वाधिक ५ विकेट लिए । त्यस्तै सकिब अल हसन र तस्किल अहमदले पनि समान २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ दशमलब ४ ओभरमा आल आउट हुदै ३ सय ७ रनको योगफल तयार पारेको थियो । बंगलादेशलाई उच्च योगफल बनाउन पहिलो विकेटका लागि तमिम इकवाल र सौम्य सरकारले १ सय ५ रनको साझेदारी गरेका थिए । तमिमले ६० र सरकारले ५४ रन बनाए । त्यस्तै सकिब अल हसनले ५२,सब्बिर रहमनले ४१ र नसिर हुसेनले ३४ रन बनाए । भारतका रविचन्द्र आश्विनले ३ तथा उमेश यादब र भुवनेश्वर कुमारले समान २–२ किवेट लिए । खेलको म्यान अफ द म्याच बंगलादेशका मुस्ताफिजुर घोषित भए । दोश्रो एकदिवसीय खेल आइतबार ढाकामा हुनेछ ।  
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment