English Edition

पूर्व कानुनमन्त्री वृजेश कुमार गुप्ताले दाइजो नल्याएको भन्दै श्रीमतीलाई यताना

मार्ने धम्की दिएको भन्दै श्रीमतीद्धारा जीवन रक्षाको अपिल(भिडियो सहित)
काठमाडौं : पूर्व कानुनमन्त्री एंव तराई मधेस लोकतान्त्रिक पार्टीका नेता वृजेश कुमार गुप्ताले दाइजो नल्याएको भन्दै श्रीमतीलाई यताना दिएको तथ्य बाहिर आएको छ । सभासद् समेत रहेका गुप्ताका श्रीमती संगीता गुप्ताले विहिबार पत्रकार सम्मेलन गरी ‘स्कार्पियो सिआरडी इ’ मोडलको गाडी दाइजो नल्याएको भन्दै गुप्ताले घरबाट निकालेर मार्ने धम्की दिएको आरोप लगाइन्  ।
shreemati
संगीताले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर गुप्ताले पिटेर दिएर गर्भ पनि तुहाएको बताईन् । उनका अनुसार यो गाडीलाई भारु ३० लाख पर्छ । गाडी नदिएको कारण २ पटक गर्भ तुहाइदिएको उनको दाबी छ । पत्रकार सम्मेलनमा संगीताले रुदै भनिन्, ‘गर्भ रहदा मलाई सन्तानको आबश्यकता छै भने मैले नमानेपछि उनले एक पटक झुक्याएर औधषी खुवाए अर्को पटक पिटेर गर्भ तुहाइदिए ।’
भारतको मुम्बई माइती भएकी संगीताको ७ बर्षअघि सभासद् गुप्तासँग विवाह भएको हो । सभासद् गुप्ताले अहिले पनि मानसिक र शारीरिक यातना दिने गरेको बताईन् । गुप्ताले सम्बन्ध बिच्छेद नगरे मार्ने धम्की समेत दिएको भन्दै जीवनरक्षाको माग समेत गरिन् । संगीताले पत्रकार सम्मेलनमा गुप्ताको पिटाइबाट चोट लागेको औला देखाउँदै भक्कानिईन् ।
चार वर्षको छोराको जन्म दर्ता नगरिदिएको, पटक–पटक सम्बन्ध विच्छेद गर्न दबाब दिएको र पटक–पटक गर्भपतन गराउनसमेत दबाब दिएको उनको भनाइ छ । विगत चार महिनादेखि श्रीमानले धम्की दिँदै घरबाट निकालिदिएको उनले गुनासो गरिन् ।
गुप्ताले न्यायका लागि भन्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय महिला आयोगलाई समेत ज्ञापनपत्र र निवेदन दिएको तर त्यसको सुनुवाइ नभएको बताइन् ।
हेर्नुुहोस् भिडियो:-
महिला आयोग भन्छ- प्रहरीले पनि पक्रेन
संगीताले न्याय माग्दै महिला आयोगमा उजुरी समेत दिएकी छिन् । तर, महिला आयोगले पटक पटक आयोगमा बोलाउदा पनि सभासद् गुप्ता नआएको राष्ट्रिय महिला आयोगकी सदस्य मनु हुमागाइँले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
प्रहरीले समेत गुप्तालाई पक्राउ गर्न नसकेको भन्दै सदस्य गुमगाइँले कानुन कार्यान्वयन र पालना गर्न सबैलाई आग्रह गरिन् । कानुन निर्माता व्यक्ति सभासद्हरु नै दाइजो माग्दै घरेलु हिंसामा उत्रिनु दुःखत भएको उनले बताइन् । घरबाट निकालिदिएकोले संगीता काठमाडौंको होटेलमा माइतीको साहारामा बसेर कानुनी उपचारको खोजीमा रहेको कारण आर्थिक रुपमा पनि समस्या भएको उनको भनाई छ ।
birjesh-kumar-gupta
गुप्ता
 पूर्वकानुन मन्त्री समेत रहेका वृजेश कुमार गुप्ता कपिलबस्तु क्षेत्र नम्बर ३ का प्रत्यक्ष निर्वाचित सभासद् हुन् । सभासद गुप्ताले त्यस्तो कुनै पत्र नआएको र सम्बन्ध विच्छेदको मुद्दा अदालतमा पुगिसकेको अवस्थामा अदालती फैसला आफूलाई मञ्जुर भएको नयाँपेजमा समाचार छ | ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment