हाम्रो योजना अनुरुप गोरखामा ३३ वटा अस्थायी घर बनाउने सामाग्री सहित हामी जेठ २ गते त्यहां पुगेका थियौ । त्यहांको स्थिति र स्थानियहरुको आग्रहमा हामीले ५३ घरको संरचना निर्माण ग–यौं । अन्य केहिले हामी पुरानो घर भत्काएर त्यहांकै काठपात र पुुरानो टिन समेत निकालेर स्थायी घर बनाउन एक बण्डल टिन आवश्यक रहेको बताउनु भयो । त्यसकारण हामीले १७ परिवारलाई टिन मात्र उपलब्ध गरायौं । अनिल आचार्यजी थप टिनहरु उपलब्ध गराउन तयार हुनुभयो । साथै श्रमदान गर्न गएका ईन्जिनियर साथीहरु एवं गोरखा कांगे्रसका नेताहरु टिनका निम्ति आर्थिक सहयोग गर्न तत्काल तयार हुनुभयो । हामीले कार्यक्षेत्रमा नै जम्मा ६७ बण्डल टिनको बन्दोबस्त ग–यौं ।
अनुभव
गांउमा युवा जनशक्तिको अत्यन्त अभाव रहेछ । प्राय घरका युवा सदस्य कि खाडी ÷मलेशियामा वा अन्य कतै सामान्य जागिरको सिलसिलामा घर बाहिर रहेको बुझियो । घरमा जेष्ठ सदस्यहरु (आमा बाबु), महिला तथा बालबालिका मात्रै रहेको स्थिति छ । निर्माणको लागि सामाग्री मात्रै उपलब्ध गराए पनि श्रमको अभावमा अस्थायी वा स्थायी घर बनाउन ज्यादै नै कठिन देखियो । मेरो अनुभवमा व्यवस्थित ढंगले युवालाई श्रमदानमा लगाउन सक्ने हो भने भुकम्प पिडितलाई आवास निर्माणमा उल्लेख्य सहयोग गर्न सकिन्छ । मनसुन अगावै अस्थायी आवासको व्यवस्था गर्न सकिएन भने घरविहिनहरुलाई वर्षातको पानीबाट सुरक्षित गर्न सकिने स्थिति छैन ।
पहाडहरुलाई भुकम्पले जमिनमा गाडेको किलो जस्तै हल्लाएको छ । त्यसकारण यो पटक पहिरोको जोखिम बढी छ । त्यस्तो जोखिममा रहेका बस्तीहरुलाई तत्काल स्थानान्तरण गर्न आवश्यक देखिन्छ । बाढी, महामारी र खाद्यान्न संकटको पनि उत्तिकै जोखिम छ ।
अस्थायी घर बनाउंदा एक पाखा छाना भएको भन्दा दुई पाखा छाना भएको बनाउन प्राथमिकता दिनुपर्ने देखिन्छ ।
गोरखामा अस्थायी घर निर्माणका लागि काठमाडौंबाट एक बसमा ४३ जना र अर्को जिपमा ६ जना गरी ४९ जना, चितवनबाट १३ जना तथा गोरखाका २७ जना युवा साथीहरु संलग्न रहेका थियौं ।
यस कार्यक्रम सम्पन्न गर्न विशेष सहयोग पु–याउनु हुने अनिल जी, सामाग्री उपलब्ध गराउने सुमार्ग हार्डवेयर, बसको व्यवस्था गरिदिनु हुने लम्बोधर शर्मा, नेपाली कांग्रेस गोरखाका साथीहरु लगायत दिन रात र वर्षातमा पनि निर्माणमा जुट्नु भएका युवा मित्रहरु प्रति आभार व्यक्त गर्दछु ।
अब कहां जादै !
यो अभियान अन्तर्गत दोस्रो कार्यक्रम रामेछाप जिल्लाको भीरपानी स्थित लाप्का बस्तीमा अस्थायी घर निर्माणको लागि यहि जेठ ८ गते शुक्रबार जाने कार्यक्रम रहेकोले सहभागि हुन चाहने साथीहरुलाई भीरपानी निर्माण संयोजक सुशिल भट्ट (९८५१००८४५८) संग संम्पर्क गर्नुहोला ।
त्यस पछि हामी सिन्धुपाल्चोक जिल्लाको धुस्कुन गा वि स अन्र्तगत खालीजुङ, सल्लेकेपा, पहरीटोल, फापरचौर, निगाले तर्फ जाने कार्यक्रम रहेको छ ।
(नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलको फेसबुकबाट साभार |)
About Unknown
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.

0 comments :
Post a Comment