English Edition

पार्टीले एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गरेको छैन -भट्टराईले


baburam

२२ जेठ, ललितपुर । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टीले कुनै व्यक्तिको बारेमा नसोचेको बताएका छन् | भट्टराईले भने, " पार्टीले  एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गरेको छैन |"

एमाओवादीले ओलीलाई समर्थन गर्ने चर्चा चलिरहेकाबेला ललितपुरको सानेपास्थित निवासमा शुक्रबार सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले भने, ‘दल विशेषको नेतृत्वबारे प्रस्ताव गरिएको छैन, केपी ओलीलाई एमाओवादीले प्रधानमन्त्री बनाउन लागेको भन्ने कुरा गलत 
हो ।’
संविधान निर्माणमा सहमति गरी राष्ट्रिय सरकार बनाउनु पर्ने उनले दोहोर्‍याए । राष्ट्रिय सरकार गठन पछि भूकम्पपछि भएको भौतिक क्षतिको पुनर्निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो ।

पुनर्निर्माण प्राधिकरणको नेतृत्वबारे सन्चारकर्मीको जिज्ञासामा भट्टराईले प्राधिकरणमा आफूले कुनै दावी नरहेको स्पष्ट पारे ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment