टेक्सास, ६ जुन, २०१५ / ग्रेटर ऑस्टिन नेपाली समाजले आज एक कार्यक्रमको बिच एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेललाई ३३,६७४ डलरको चेक हस्तान्तरण गर्यो | उक्त सहयोग रकम नेपालमा गएको भूकम्प पिडितहरुको सहयोगार्थ खर्च गरिने छ |
एनआरएन अमेरिकाको नव निर्वाचित टिमले भर्खरै नेपालमा एक चरणको राहात वितरण कार्य सम्पन्न गरेर फर्केको छ | कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल, उपाध्यक्ष राम सि पोखरेल, कोषाध्यक्ष बेदराज बस्नेत, सदस्य विनोद तिवारी, एनआरएन अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष उत्तम लामिछाने, ग्रेटर ऑस्टिन नेपाली समाजका पधाधिकारी लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो |

0 comments :
Post a Comment