English Edition

छ प्रदेशमा सहमति - पौडेल


Ramchandra Poudelचितवन : नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले छ प्रदेशमा दलहरुबीचमा सहमति हुने बताएका छन् ।आइतबार नेपाल प्रेस युनियत चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले छ प्रदेशमा सहमती हुने बताए । पौडेलले भने, ‘नामकरण प्रदेश सभाले र सीमाङ्कन सङ्घीय आयोगले गर्ने गरी छ प्रदेशमा दलहरुबीचमा सहमतिको अन्तिम छलफल भइरहेको छ ।’

प्रमुख दलहरु सहमतिको अन्तिम चरणमा पुगेको बताउँदै पौडेलले अग्निपरीक्षाको घडीमा दलहरु रहेकाले सहमतिको बाटो रोज्न आग्रह गरेर आफू बाहिरिएको उल्लेख गरे ।
उपसभापति पौडेलले अहिलेको समयमा सबै एकढिक्का हुनका लागि राष्ट्रिय सरकारको कुरा उठेको भन्दै संविधान र भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण अहिलेको महत्वपूर्ण काम भएको धारणा राखे ।
संविधान निर्माणपछि पाँचवटै पदमा को उपयुक्त हुन्छ त्यस विषयमा छलफल हुने भन्दै पौडेलले अहिले नेतृत्व परिवर्तन गरी राष्ट्रिय सरकारको कुरा नउठेको स्पष्ट पारे ।
सशक्त प्राधिकरणको निर्माण गरी भौतिक पुनःनिर्माणमा जुट्नुपर्ने अवस्था आएको भन्दै उपसभापति पौडेलले २१औँ शताब्दी सुहाउँदो बस्ती निर्माणमा सबै दल, सरकार र जनता जुट्नुपर्ने वितार राखे। ‘भूकम्पले सारा ध्वस्त भएको छ एकजुट भएर पुनःनिर्माणमा जुट्नुपर्छ,’ उनले भने ।
रासस

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment