English Edition

उभिन खोज्दै जिरी फोटो फिचर - राजेन्द्र मानन्धर

जिरी(दोलखा), जेष्ठ २५ - 

भूकम्पले ध्वस्त बनेको जिरी फेरि उभिने प्रयत्न थालेको छ । स्विस सहयोगमा ५८ वर्षअघि विकास भएको जिरीलाई भूकम्पले पूरै सुताईदिएको थियो । 
स्विट्जरल्यान्डको जुरीच सहर जस्तै भूगोल रहेको जिरीमा स्विसले २०१४ सालदेखि पाँच दशक लगाएर बनाएको संरचनाहरु मध्ये सडक बाहेक अन्यको निसाना नै मेटिने गरी भूकम्पले विनाश गर्यो । 
अहिले मानिसहरु धमाधम स्थायी प्रकृतिका टहरा बनाएर सर्दै छन् । विद्यालयहरु धमाधम बनाइँदैछ । विभिन्न पार्टीका युवा र विद्यार्थीले विद्यालय बनाइरहेका छन । उनीहरुसँगै शिक्षक र विद्यार्थी पनि निर्माणमा जुटिरहेका छन् । त्यस क्षेत्रका सभासद् तथा एमाले केन्द्रीय सदस्य पार्वत गुरुङले ध्वस्त जिरीले नयाँ गन्तव्य सुरु गरेकोमा केही उत्साह थपिएको बताए । 
बैशाख २९ गतेको भूकम्पलगत्तै उनी जिरी आउँदा जम्माजम्मी २ घर सग्ला देखेका थिए ।  सबै घर ढलेका, प्वाल परेका, चर्किएका थिए । २१ सय १५ घरधुरीमध्ये एकादुई मात्र बस्नयोग्य थिए । स्वीसले बनाइदिएको प्राविधिक शिक्षालयका ७७ वटा भवनहरु सबै सखाप थियो । जिरी अस्पताल, पशुसेवा जस्ता स्वीसको उपहार ध्वङ्स थिए । मानिसहरुमा केही गर्ने जाँगर देखिदैन थियो ।
भर्खरै नगरपालिका घोषित यहाँको जनसंख्या १७ हजार ६ सय छ । भूकम्पछि नराम्ररी थलिएका स्थानीय मानिसहरु आ—आफ्नो पेसा व्यवसायमा फर्कने प्रयत्नमा छन् । 
‘मानिसहरु फेरि यहीँ ठाउँमा भविश्य खोज्न थालेका छन,’ जिरीका पूर्व गाविस अध्यक्ष तथा कांग्रेस नेता टंक जिरेल भन्छन् । उनको लगानीमा बनेको होटल पनि भत्किएको छ । यहाँका ५० हाराहारीको होटलमध्ये लगभग एउटा काम लाग्ने छ । एमाओवादी नगर इन्चार्ज नवीन जिरेल भयावह अबस्थाबाट जिरी विस्तारै शान्ततर्फ फर्कदै गरेको बताउँछन् । आफ्नै थातथलोमा भविश्य खोज्दै बसेका युवा नेता नवीनका अनुसार पार्टीको तर्फबाट ध्वस्त संरचना पन्छाउने र निर्माणको योगदान गरिरहेको जानकारी दिए ।
जिरीको सबैभन्दा सुन्दर थलो ३ सय रोपनी ओगटेको जिरी प्राविधिक शिक्षालयका प्राचार्य रामहरी खनाल ध्वस्त संचना वरपर अस्थायी आवास बनाउदै छन् । करिब ५ सय विद्यार्थीलाई प्राविधिक सीप बाँड्ने शिक्षालय चलाउन उनलाई चुनौती छ । केही महिनापछि त कक्षा चलाउनैपर्छ अस्थायी संरचना निर्माणस्थलबाट फुर्सद लिदै उनले भने ।
हाटडाडाँ जिरीको पुरानो बजारका बँचेका घर र कटेराहरुमा विहानदेखि साँझसम्म चहलपहल हुन थालेको छ । लिंकन बजार पुग्नु पहिलेको यो बजारमा किनमेल गर्न, चिया पिउन र गफ गर्न मानिसहरुको जमघट बढ्दै छ । लिंकन बजार भने अधिक क्षति भएकाले मानिसहरु निर्माणमा जुटेका छन् । भत्किएको घर अगाडी नै टहरा बनाएपछि फराकिलो बजार गल्ली जस्तै देखिन्छ । 

कान्तिपुर दैनिकबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment