English Edition

नाईजेरीयामा योनी सिलाउने प्रथाविरुद्ध कानुन

एजेन्सी
Girls pose on April 6, 2015 at a market in Nougboua in Chad. Seven civilians were killed in an attack in Chad blamed on Nigerian Boko Haram rebels, officials said on April 6.     AFP PHOTO / PHILIPPE DESMAZES        (Photo credit should read PHILIPPE DESMAZES/AFP/Getty Images)
नाईजेरीया,जेठ २४। नाईजेरीयामा महिलाको योनी सिलाईदिने प्रथा (Female Genital Mutilation) लाई प्रतिबन्ध लगाउने कानुन आएको छ। राष्ट्रपति गुडलक जोनाथनले आफ्नो कार्यकालको अन्तिम कानुनका रुपमा मे महिनाको ५ तारिकमा यो कानुनमा हस्ताक्षर गरेका हुन्। ।
महिलाअधिकार स्थापति गर्न इतिहासमै महत्वपुर्ण उपलब्धिको रुपमा यो कानुनलाई नाईजेरीयाका अधिकारकर्मी महिलाले लिएका छन्।
महिलाको योनी सिलाउने कुसंस्कारमाथि प्रतिबन्ध लगाउँदै  गुडलक जोनाथन राष्ट्रपति पदबाट वाहिरिए लगत्तै नाइजेरियामा मुहम्मदु बुहारीले शपथ ग्रहण गरेका छन्।
नयाँ कानुनले श्रीमती र बालबच्चालाई आर्थिक सहयोग बिना छोड्ने परम्परामाथि समेत रोक लगाएको छ।
महिला अधिकारककर्मीले भनेका छन ‘यो निर्णयले अफ्रिकीमुलुक र यस्तो प्रथा भएका अन्य देशहरूका लागि सकारात्मक सन्देश जानेछ।’ यो प्रथाका कारण नाइजेरियामा  झण्डै एकचौथाई महिलाको योनीमा संक्रमण भएको, बाँझोपन र मातृ मृत्युदर बढेको गतवर्षको संयूक्त राष्ट्रसंघको तथ्याङ्कमा जनाईएको छ।
नाइजेरियाका केही राज्यमा पहिला नै यस्तो प्रथामा प्रतिवन्ध लगाईएपनि यो कानुनले देशव्यापीरुपमा प्रतिवन्ध लगाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। अफ्रिकीमुलुक,मध्यपुर्वलगायत संसारभर झण्डै डेढ करोड महिला योनी सिलाउने प्रथाका कारण पीडित बनेको एक अध्ययनले देखाएको छ।
तस्बिरः न्युयाेर्क टाइम्स
source: mahilakhabar.com
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment