कुनै बेलाका नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित खेलाडी देबनारायण चौधरी अमेरिकाको सिकागोमा नेपाली बालबालिकालाई आफ्नो फुटबल ज्ञान र सीप बाँड्न लागीपर्नु भएको छ |
स्कुले विद्यार्थीहरुको समर बिदा शुरु हुने अवसर पारेर सिकागोल्याण्ड नेपाली फ्रैन्डसिप सोसाईटीले सिकागोमा ४ देखि १२ वर्षका बच्चाहरुको लागि फुटबल (सकर) प्रशिक्षण शुरु गरेपछि चौधरी सक्रिय हुनु भएको हो |
आज आयोजित उदघाटन सत्रमा संस्थाका अध्यक्ष् बेनिमाधव कंडेलले बिगतका बर्षहरुमाझैं बच्चाहरुको खेल प्रतिको लगाब बढाउन र भबिश्यमा राम्रा खेलाडी उत्पादन गर्न संस्थाले पहल गरेको र यस्ता खेल गतिविधिलाई ब्यबस्थित गर्दै लगिने बताउनुभयो |
संस्थाका पूर्व सभापति खेम पाठकले सकरको माध्यमबाट एकै ठाउँमा भेला भई खेल्दा टिम स्पिरिट बढ्ने र बच्चाहरुको स्वास्थ राम्रो हुने बताउनु भयो | पूर्व सभापति पाठकले मुख्य प्रशिक्षक नेपालका चर्चित पूर्व फुटबल खेलाडी देव नारायण चौधरीलाई सकर बल हस्तान्तरण गर्नुभई खेलको सुरुवात गरिएको थियो | सिकागोल्याण्डका करिब ४० जना बच्चाहरुलाई करिब दुई महिनासम्म प्रत्येक हप्ता आइतबार मुख्य प्रशिक्षक चौधरी लगायत सहायक प्रशिक्षक बिक्रम थापा र अनिल पाण्डेले सहजीकरण गर्नुहुनेछ |
समर सकर प्रशिक्षण कार्यक्रमका सम्पर्क व्यक्ति तथा ब्यबस्थापक थानेश्वर पाठकले टिममा खेल्नको लागि संस्थाले दर्ता शुल्क १० डलर तोकेको र अभिभावकले दर्ता फर्म भरि हेल्थ इन्सुरेन्सको फोटोकपी उपलब्ध गराउनुपर्ने जानकारी दिनुभयो | आइतबार साँझ भएको उद्घाटन खेलमा खेलाडी भाइबहिनीहरुसंगै करिब ४० जना अभिभाबकहरु, संस्थाका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो |
0 comments :
Post a Comment