English Edition

नेपाली धाविका मिरालाई फ्रान्समा मोन्ट ब्लान्स म्याराथनको उपाधि


नेपाली धाविका मिरालाई फ्रान्समा मोन्ट ब्लान्स म्याराथनको उपाधि


काठमाडौं– नेपाली धाविका मिरा राईले फ्रान्समा सम्पन्न मोन्ट ब्लान्स म्याराथन नामक ८० किलोमिटर अल्ट्रा दौडको उपाधि जितेकी छिन्। भोजपुरको सानो दुम्जाकी २४ बर्षे मिराले १२ घन्टा ३१ मिनेट १२ सेकेन्डमा दौड पुरा गर्दै पहिलो स्थान हासिल गरेकी हुन्। नेपालको झन्डा फहराउँदै मिराले दौड पुरा गरेकी थिइन्।
मिराले अल्ट्रा दौड जितेको यो पहिलो पटक भने होइन। हङकङको ५० किलोमिटर एसियन स्काई रनिङ अल्ट्रा च्याम्पियनसिप र इटालीको अन्तर्राष्ट्रिय अल्ट्रा रनको उपाधि उनले जितेकी थिइन्।
फ्रान्समा दोस्रो स्थानमा आएकी स्पेनकी अन्ना कोमेट पासकुवा ले १२ घन्टा ५४ मिनेटमा दौड पुरा गरेकी थिइन्। त्यसमा अमेरिकी हिलारी एलियन (१३ घन्टा ११ मिनेट ४० सेकेन्ड) तेस्रो भएकी थिइन्।

कुनै समय माओवादी लडाकु समेत रहेकी मिराले स्वदेशमा हिमालयन आउटडोर फेस्टिबल ५० किलोमिटर दुरीको ट्रेल रेस, १ सय ५७ किलोमिटरको मुस्ताङ टे्रेल रेस जितेकी थिइन्। माओवादी लडाकु समायोजनमा उनी अयोग्य ठहरिएपछि उनले दौडमा आफ्नो भविष्य खोज्न थालिन् र विस्तार सफलतातर्फ अघि बढिन् |
नागरिक दैनिकबाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment