English Edition

अमेरिका नेपाल सहयोगी समाजमा पदम रेग्मी

America-nepal-helping-society

भर्जिनिया,अमेरिका। अमेरिकाको मनासस क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको स्थानीय सामुदायिक संस्था अमेरिका नेपाल सहयोगी समाजको नयाँ नेतृत्व चयन भएको छ।

 आइतवार समाजले यहाँ आयोजना गरेको भूकम्प पीडितहरुको उद्धार तथा राहतका लागि हालै नेपाल गएर फर्किएको नेपाली एवं अमेरिकी स्वयम सेवक र चिकित्सकहरुको सम्मान कार्यक्रममा नयाँ नेतृत्वको घोषणा गरिएको हो।


दुई वर्षे कार्यकालका लागि चयन भएको नयाँ समितिको अध्यक्षमा पदम रेग्मी हुनहुन्छ। यसैगरी उपाध्यक्षद्वयमा मुक्ति पौडेल र केदार तिम्सिना,सचिव राजन घिमिरे,सह-सचिव कमला खरेल र कोषाध्यक्षमा पिताम्वर भट्टराई चयन हुनु भएको छ। 

१७ सदस्यीय नयाँ समितिमा विभिन्न समितिको गठन गरी त्यसका लागि संयोजक चयन गरिएको छ। जस अनुसार,सांस्कृतिक संयोजकमा सुनिता गौतम,शिक्षा संयोजकमा रोम ज्ञवाली,व्यवस्थापक संयोजकमा जगन्नाथ भट्टराइ,सह-व्यवस्थापक संयोजकमा यज्ञ चापगाई,मिडिया संयोजकमा उत्तम गौतम,समस्या समाधान संयोजकमा इन्द्र श्रेष्ठ,युवामा समन्वय संयोजकमा विजय ओझा,आर्थिक संकलन संयोजकमा हेलिकन सिटौला,खेलकूद संयोजकमा मोहन निरौला र सञ्चार संयोजकमा मदन बस्ताकोटी चयन हुनु भएको छ।
स्थानीय नेपालीहरुको पहलमा सन् २००८ मा गठन गरिएको समाजले नेपाली भाषा,परम्परा, संस्कृति तथा सहयोगी भावनालाई प्रवर्द्धन गर्दै आई रहेको छ। समाजले हालै नेपालमा गएको भूकम्प लगत्तै आर्थिक सहयोग संकलन गरी समाजको नेतृत्वमा एक राहत टोली प्रभावित क्षेत्रमा आफैं पुगी राहत वितरण गरेको थियो।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment