असार ४ गतेदेखि इस्लाम धर्मावलम्बीहरुको एक महिना रमाजान (रोजा वर्त)
काठमाडौं, ३ असार । केन्द्रीय हज समितिले इस्लाम धर्मालम्बीको यही असार ४ गतेदेखि सुरु भई एक महिनासम्म निरन्तर रहने रमाजान (रोजा वर्त) पर्वले नेपाली समुदायबीच एकता, भाइचारा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता अझ बढी प्रगाढ रहोस् भन्ने कामना गरेको छ ।
देशमा परेको विनाशकारी भूकम्पले ल्याएको विपक्तिमा सम्पूर्ण मुस्लिम समुदाय एक भएर यो विपत्तिको सामना गर्न र विपक्तिमा परेकालाई सक्दो सहयोग गर्न आग्रह गर्दै समितिका अध्यक्ष ताज मोहम्मद मियाले सम्पूर्ण नेपालीलाई (रोजा वर्त)को अवसरमा शुभकामना (रमाजान मुबारक) व्यक्त गरे । रासस
0 comments :
Post a Comment