सिरहाको लहानमा आज बिहान सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले १६ बुँदे सम्झौताको आधारमा संविधान जारी भए आगो लगाउने बताए । उनले भने, “१६ बुँदे सम्झौताको विरोध गर्ने शक्तिहरुसँग छलफल जारी छ । उक्त पार्टीहरुसँग कार्यगत एकता गरेर हामी आन्दोलनमा जान्छौं ।”
उनले १६ बुँदे सम्झौता गरेर चार दलले जनतालाई दिनदहाडै ठगेको, धोका दिएको र विश्वासघात गरेको बताए । उनले उक्त सम्झौताका आधारमा बन्ने संविधान पश्चगामी हुने धारणा राख्दै त्यसको विरोधमा उत्रन जनतालाई आग्रह पनि गरे ।
“बहुदलीय संसदीय व्यवस्थाकै विरुद्धमा हामीले १० वर्षे जनयुद्ध लड्यौं”, उनले भने– “तर फेरि त्यही संसदीय व्यवस्था कायम राख्न सम्झौता भएको छ । यो आपत्तिजनक छ । पुष्पकमल दाहालले सम्झौतामा हस्ताक्षर गरेर जनतालाई धोका दिए ।”
दाहालले क्रान्तिसँग विश्वासघात गरेको भनी आक्रोश पोख्दै उपाध्यक्ष गजुरेलले अब एनेकपा (माओवादी)सँग पार्टी एकता नहुने बताए । रासस
0 comments :
Post a Comment