English Edition

कुवेतमा शरण दिनेबाटै यौन शोषण हुन्छ - राम हरि श्रेष्ठ

कुवेत । म कुवेतमा कार्यरत छु । सञ्चारिका समूहको समकोण कार्यक्रममा वैदेशिक रोजगारीः महिला सशक्तिकरणसँगै बढ्दो चुनाैती हेर्ने मौका पाएँ। उसै त हाम्रो देश गरिब छ । आजको कार्यक्रम हेर्दा हाँसो पनि लाग्छ । दुःख पनि झन तेतिकै लाग्छ ।

सर्बप्रथम त म निर्मलाजीलाई यो भिडियो पोस्ट गरिदिनु भएकोमा मुरीमुरी धन्यवाद टक्रयाउँछु । कुवेतको नेपाली दुतावासको तथ्यांकअनुसार यहाँ ७५ हजार नेपाली कार्यरत छन् । त्यसमा पनि ६० प्रतिशत घरायसी काममा महिला दिदीबहिनी कार्यरत छन् । वैदेशिक रोजगारमा घरायसी काममा आउने महिला अति बाध्यता र घर परिवार अनि श्रीमानको पीडा अपहेलनाले वैदेशिक रोजगारमा आउँछन् ।

श्रीमान नभएको, श्रीमानले छोडेको, श्रीमानले अर्को श्रीमती बिहे गरेको, कोहिले जाँडरक्सी खाने, पिट्ने, कमाउन नजाने, अरु महिलासँग हिड्ने पुरुषका श्रीमती कुवेतमा छन् । ती दिदी बहिनीहरू नेपालको मेनपावर मार्फत आउँछन् । यहाँ कुवेतमा पनि तेस्तै एजेन्सी छ ।

कुवेतमा घरायसी कामको लागि आउँने महिलाले फ्री भिसा पाउँछन् । तर, ती महिला सिधै घरमा काम गर्न जान पाउँदैनन् । कुवेतको एजेन्सी मार्फत महिला कामदार पैसामा बिक्री हुन्छ । ती महिला कुवेतीको घरमा मात्रै नभै इराकी, सिरिएन, लेबलानी, इरानी, जोर्डानी सबैलाई महङ्गो पैसामा बिक्री गर्छन् । त्यहाँ पनि भने जस्तो तलब, बस्ने खाने सुबिधा, सुरक्षा र आराम गर्ने समय पाउँदैनन् ।

१८ देखि २० घण्टा काम गर्नुपर्छ । त्यसमा पनि कतिपय महिला घर मालिकको छोरा र उनीहरूका आफन्तबाट बलात्कार हुनुपरेको छ । कति घर मालिक्नीले त महिना मरेपछि तलब नै नदिइकन एजेण्टका पुर्‍याउने गर्दछन् । अनि एजेण्टले तीनै पीडित महिलालाई किन राम्रोसँग काम नगरेको भन्दै पिट्ने, गालीगर्ने, खान नदिई नेपाल पठाईदिन्छु भनेर धम्की दिने र महिना दिनसम्म काम नदिने गरेका छन् । यस्तो समस्या हजारौं नेपाली महिलाले भाेगेका छन् ।
अनि ती पीडित महिला कहाँ जाने ? कस्को शरण पर्ने ? न घर परिवारको माया, न त परदेशमा आएर सोचे जस्तो कमाई ।
घर न घाटको अवस्थामा महिला कुवेतीको हेपाई र पीडाले घरबाट भागेर बाहिर पाकिस्तानी, बङ्गाली, इन्डियन, इजिप्टलगायत नेपाली पुरुषको शरण लिन पुग्छन् । वाध्यता बस तिनै पुरुषको यौन शोषणमा पर्दछन् । शरण दिएका पुरुषले नै चार पाँच महिना याैन शोषण गर्ने र काम लगाई दिने बाहनामा बिक्री गर्छन्।

यति मात्र हाइन, विदेशमा पुरुषले बिहे गर्छु भनेर महिलाले वर्षभरी कमाएको पैसा खाइदिने गर्छन् । यो सबै अशिक्षा र विदेशीको सिको गर्दा भएको हो । सभासद रबिन्द्र अधिकारीले भन्नुहुन्छ महिला वैदेशिक रोजगार रोक्नुपर्छ । वैदेशिक रोजगारको लागि नजान आग्रह गर्नुहुन्छ किन ? के ती सभासदले रोजगारको व्यवस्था गर्न सक्नुहुन्छ ?

राज्यले सुबिधा र सुरक्षा सहित रोजगार दिइयोस् कुन महिलालाई रहर छ, खाडी मुलुकमा काम गर्न आउन ? नेताहरूलाई भाषणमा मात्रै सिमित छन् । ती नेताले अहिलेसम्म कुन पीडित महिलाको उद्धार गरेका छन् । उनीहरू आफै महिलाको शोषण गर्छन् ।

हो, लक्ष्मी भट्टराई दिदीले भने झै महिला पीडितलाई न त राज्यले हेरेको छ, न त कुनै संघसंस्थाले नै हेरेको छ । पीडित पीडामा सिमित छ । मेरो विचारमा नेपाल सरकारले विदेशमा रोजगारको लागि जाने महिलालाई काम अनुसारको तालिम दिने र दुतावासको माध्यमबाट काममा पठाउने गर्नुपर्दछ । कुनै एजेन्सी मार्फत हैन ।

अनि मात्र महिला बलात्कार र शोषण हुनबाट सुरक्षित हुन्छन् । लक्ष्मी दिदीको जस्तो हालत कुनै पनि महिलाले आगामी दिनमा भोग्नु नपरोस् ।

काभ्रेपलान्चोक,ढुङ्खर्क ९
हाल ⁄ कुवेत


(सञ्चारिका समूहको समकोण कार्यक्रममा वैदेशिक रोजगारीः महिला सशक्तिकरणसँगै बढ्दो चुनाैती हेरेपछि एउटा दर्शकले लेखेको लेख हो )
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment