English Edition

लन्डनमा नेपाली क्रिकेट टोलीको ताजा खबर


Nepali-Cricket-london
सन् १७८७ मा स्थापित इंग्ल्याण्डको लोकप्रिय क्रिकेट क्लव एमसीसीको आफ्नै ग्राउण्ड लर्डस्लाई क्रिकेटको घर मानिन्छ । एमसीसी हेड अफ क्रिकेट जोन स्टेपहेन्सनले आफ्नो क्लव नेपालको ठूलो समर्थक र सहयोगी भएको जनाउंदै नेपाली क्रिकेट खेलाडीलाई लर्डस्मा स्वागत गर्न पाएकामा प्रसन्नता व्यक्त गरेका छन् । ‘नेपाली क्याप्टेन पारस खड्कालाई इमिरेट्स टी २० टुरमा पाउनु हाम्रा लागि भाग्यको कुरा थियो’, स्टेपहेन्सनले भने, ‘मलाई आशा छ खड्कासहित अन्य खेलाडीहरु हाम्रो अन्तर्राष्ट्रियस्तरको सुविधाबाट लाभान्वित हुनेछन् ।’
आगामी ६ देखि २६ जुलाईसम्म आयरल्याण्ड र स्कटल्यान्डमा हुने आइसीसी वल्र्ड टी–२० छनोट प्रतियोगिता एवं जुलाई २९ र ३१ मा स्कटल्याण्डमा नेपाल र स्कटल्यान्डबीच हुने लिग क्रिकेट लिग च्याम्पीयनसीपमा सहभागी हुन बुधवार विहान लन्डन उत्रिएको नेपाली टोली लगत्तै प्रशिक्षणमा व्यस्त भएको हो । नेपालले इंग्ल्याण्डका मिडलसेक्स्, ग्लोस्टरसायर, बाथ र फ्रि फरेस्टर जस्ता क्लवसंग अभ्यास खेल समेत खेल्ने कार्यक्रम छ ।
नेपाली टिमले २५ जुन बिहीबार बिहान ११.३० मा पहिलो म्याच मिडलसेक्स क्रिकेट क्लवसंग खेल्ने तय भएको छ । मिडलसेक्स क्रिकेट क्लवका प्रवन्ध निर्देशक अन्गस फ्रेजरले देशमा संकटका बेला नेपाली टिमलाई साथ दिन पाउनु खुशीको कुरा भएको जनाउंदै उनले नेपाल जस्तो देशमा क्रिकेट विकासका लागि आफूहरुले गहन भूमिका निर्वाह गर्न सकिने विश्वास व्यक्त गरे । शुक्रवार नेपाल टिमको दोश्रो म्याच फ्रि फरेष्टर क्लवसंग नेभिल ग्राउण्ड टनब्रीजमा हुनेछ । क्रिकेट खेलाडीहरु शनिवार र आइतबार फेरि एमसीसी लर्डस् क्रिकेट ग्राउण्डमा प्रशिक्षणमा सामेल हुनेछन् । एमसीसी लगायत विभिन्न क्लवसंग अभ्यास खेल खेल्न पहल गरेको बताउने लन्डनस्थित गैर आवासीय नेपाली प्रशान्त कुंवरका अनुसार, सोमबार बिहान नेपाली टोलीले ग्लोस्टरसायर क्रिकेट क्लव र अपरान्ह साढे ४ बजे बाथ क्रिकेट क्लवसंग म्याच खेल्नेछ । ग्लोस्टरसायर र बाथ क्रिकेट क्लवका कोचहरु क्रमशः ओवेन 
डकिन्स् र म्याट हेन्किन्स्ले नेपाली खेलाडीसंग खेल्न आतुर रहेको बताएका छन् ।
आइसीसी क्वालिफायर खेल अघि नेपालले इंग्ल्याण्डका ठूला क्लवसंग खेल्न पाउनु ठूलो अवसर भएको जनाउंदै कुंवरले थपे, ‘मलाई आशा छ नेपालले उत्कृष्ट नतिजा ल्याउने छ । महत्वपूर्ण कुरा खेलाडीहरु मानसिक रुपमा बलियो र उनीहरुमा आत्मविश्वास हुन जरुरी छ ।’ उता, नेपाली टोली नेदरल्यान्ड गएर घरेलु टोलीसंग टि–२० खेल समेत खेल्ने जनाइएको छ ।
प्रशिक्षक पुबुदु दसानायकेसहित टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र खेलाडीहरु शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, अनिल मण्डल, सुवास खकुरेल तथा विनोद भण्डारी, प्रदीप ऐरी, सागर पुन, जितेन्द्रकुमार मुखिया, सोमपाल कामी, राजेश पुलामी मगर, करण केसी, 
सिद्धान्त लोहनी र अविनाश कर्ण सामेल छन् ।
-वी नेपाली डटकम
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment