बाल्टिमोर। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको (एनआरएन अमेरिका) बाल्टिमोर भेला तथा टाउनहल मिटिङमा नेपाली समुदायका समस्या, हक हित चुनौतीबारे छलफल हुने भएको छ । शनिबार दिउँसो हुने उक्त भेलामा वासिंग्टन डीसी स्थित नेपाली राजदुत डा. अर्जुन कार्की लगायत दुतावासका पदाधिकारीको सहभागिता हुनेछ ।
एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल शुक्रबार बाल्टिमोर आइपुगेका छन् । अन्य कार्यसमति सदस्य पनि आउने क्रम जारी छ । निर्वाचनमा धाँधली भएको विषयमा उठेको विवादले सहभागी हुने विषयमा केही अन्यौलता सिर्जना भएको थियो । दुतावासलाई समेत बैठकमा सहभागि नहुन केहीले इमेल पनि गरेका थिए । तर प्रजातान्त्रिक प्रणाली अनुसार निर्वाचन भएकाले व्यक्ति भन्दा संस्थाको मान्यता अनुसार सहभागी हुने निर्णय गरेको स्रोतले जनाएको छ । भेलालाई राजदुत कार्कीले पनि संबोधन गर्ने कार्यक्रम रहेको छ ।अमेरिकी राष्ट्रपती ओबामाबाट नव नियुक्त पहिलो नेपाली मुलकी महिला (Asian and Pacific Islander Advisor to President of United States Barack Obama ) संजीता प्रधानलाई सम्मान गर्ने कार्यक्रम समेत रहेकाे छ । कार्यक्रममा मेरिल्यान्ड र पेन्सलभेनिया राज्यका बाणिज्य दुत प्रेम राजा महतकाे समेत उपस्थिती रहने छ ।
साथै कार्यक्रमममा भर्खरै मृत्यु हुने सिवाकोटी तथा भूकम्पमा मृत्यु हुने सम्पूर्ण नेपाली र ज्ञात अज्ञात सहिदको स्मरणमा एकमिनेटको मौनधारण गरिएकाे छ । कार्यक्रममा िसवाकाेटी लगाएतका नेपालीकाे मृत्यु हुने संख्या बढ्दै गएकाेमा बाेल्ने बक्ताहरुले गहिराे दुख ब्यक्त गरेका थिए ।
टेकसासमा भरखरै मृत्यु हुने समिरा सिवाकोटी लाई आवश्यक क्षतिपूर्ति दिलाउन प्रयास गर्ने र आइन्दा यस्ता घटना नघटुन भन्नकालागि जनचेतना मुलक कार्यक्रम ल्याउने निर्णय भयो ।
टेकसासमा भरखरै मृत्यु हुने समिरा सिवाकोटी लाई आवश्यक क्षतिपूर्ति दिलाउन प्रयास गर्ने र आइन्दा यस्ता घटना नघटुन भन्नकालागि जनचेतना मुलक कार्यक्रम ल्याउने निर्णय भयो ।
0 comments :
Post a Comment