English Edition

के गर्छन् शीर्ष नेताका पत्नी ?

रामहरि पाण्डे 
प्रमुख दलका शीर्ष नेताहरुको अधिकांश समय राजनीतिक भेटघाट, विभिन्न कार्यक्रम, बैठक र छलफलमै बितिरहेको हुन्छ । सार्वजनिक रुपमा उनीहरुलाई नचिन्ने कमै छन् । तर, तिनै नेताहरुलाई पर्दा पछाडीबाट सहयोग गर्ने उनका श्रीमतीका बारेमा कमैलाई थाहा छ । के गर्छन शीर्ष नेताका श्रीमती ? पार्टीको सदस्य रहेपनि अधिकांश शीर्ष नेताका पत्नी सक्रिय राजनीतिमा छैनन् ।
एमाले अध्यक्ष केपी पत्नी राधिका त्यत्तिकै गुमनाम छिन् । राष्ट्र बैंककी पूर्व कर्मचारी उनी पछिल्ला तीन बर्षदेखि पूर्ण रुपमा गृहणीको भुमिकामा छिन् । घरायसी काम, श्रीमानको ख्याल गर्ने र घरमा आएका पाहुनाको स्वागत गर्नमै उनको दिन बित्छ ।
एमाले अध्यक्ष केपी ओली अहिले राजनीतिको केन्द्रमा छन् । उनी जति चर्चाको शिखरमा छन्, उनकी पत्नी राधिका त्यत्तिकै गुमनाम छिन् । राष्ट्र बैंककी पूर्व कर्मचारी उनी पछिल्ला तीन बर्षदेखि पूर्ण रुपमा गृहणीको भुमिकामा छिन् । घरायसी काम, श्रीमानको ख्याल गर्ने र घरमा आएका पाहुनाको स्वागत गर्नमै उनको दिन बित्छ ।
kp_oli_Radhika_Shakya_156675313-650x330
ओली र उनकी पत्नी राधिका
विरामी श्रीमान ओलीलाई समयमा औषधी, खाना/खाजा खुवाउने, पानीको मात्र मिलाएर खान दिने तथा सकभर मानिसहरुसँग कम भेटघाट र कम बोलुन भन्नेमा उनको ध्यान हुन्छ । पछिल्लो समय ओलीलाई डाक्टरहरुले धेरैबेर समुहमा नबस्न तथा धपेडी हुनेगरि नबोल्न सुझाव दिएका छन् । ‘एउटा व्यस्त नेताका श्रीमतीको पनि दिन व्यस्त नै हुन्छ’ ओलीका सहयोगी इन्द्र भण्डारीले नयाँपेजसित भने, ‘उहाँको एक छिन फुर्सद छैन । घरयासी काममै समय बितिरहेको छ ।’
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल पनि गृहणी हुन् । पार्टीको केन्द्रीय सल्लाहाकार भए पनि आफ्नो अधिकांश समय उनले घरमै बिताउँछिन् । प्रचण्डका सहयोग शिव खकुरेलका अनुसार सीताको समय घर पछाडी रहेको करेसाबारीमा तरकारी लगाउने, पानी हाल्ने, गोडमेल गर्ने तथा खाना बनाउने काममै बित्छ ।
Sita-n-Puspakamal-Dahal
श्रीमान प्रचण्डसँग सीता
सीता बेलाबेलामा पार्टी कामकै सिलसिलामा श्रीमान प्रचण्डसँगै काठमाडौं बाहिर पनि जाने गर्छिन् । तर, पार्टी कामभन्दा घरकै कामलाई बढी महत्व दिने गरेकी छिन् । प्रचण्डको स्वास्थ्यमा विशेष ध्यान दिनुका साथै सहयोगीको भुमिका पनि सीताले निभाउने गरेकी छिन् । उनी आफुपनि अस्वस्थ छिन्  ।
पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालकी पत्नी गायत्री बैंकको कर्मचारी हुन् । राष्ट्रिय बाणिज्य बैंकको दशौं तहकी कर्मचारी हुन् उनी । बिदाको दिन बाहेक उनी सधै कार्यालय जान्छिन् । माधव नेपाल प्रधानमन्त्री हुँदाखेरी भने उनले काज मिलाएर कार्यालय जानु नपर्ने बनाएकी थिइन । सेक्युरिटीका हिसाबले पनि कार्यालय जान नहुने सुझाव त्यतिबेला सुरक्षा निकायले दिएको थियो । अहिले गायत्रीले घर र कार्यालय दुवै काम सम्हालिरहेकी छिन् ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल पनि गृहणी हुन् । पार्टीको केन्द्रीय सल्लाहाकार भए पनि आफ्नो अधिकांश समय उनले घरमै बिताउँछिन् । सीताको समय घर पछाडी रहेको करेसाबारीमा तरकारी लगाउने, पानी हाल्ने, गोडमेल गर्ने तथा खाना बनाउने काममै बित्छ ।
एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार प्राध्यापक हुन् । उनी अमृत साइन्स क्याम्पसका पढाउँछिन । त्यसबाहेक उनको दिन घरमै बित्छ । खाना बनाउने, घर रेखदेख, आफन्तसँग भेटघाटलगायतका काममा उनी ब्यस्त हुन्छिन् । ‘उहाँ बिहान क्याम्पस जानुहुन्छ, त्यसपछिको बाँकी समय घरमै बित्छ’, खनालका सहयोगी कृष्ण भट्टराईले भने ।
कांगेस वरिष्ठ नेता शेरबहादुर देउवाकी पत्नी आरजु राणा राजनीति र सामाजिक कार्यमा सक्रिय छिन् । उनी सभासद् पनि हुन । ‘म राजनीतिका साथै समाजिक काममा सक्रिय छु,’ उनले भनिन, ‘मेरो अधिकांश समयमा राजनीति र सामाजिक काममै बितेको हुन्छ ।’
कांगेस वरिष्ठ नेता शेरबहादुर देउवाकी पत्नी आरजु राणा राजनीति र सामाजिक कार्यमा सक्रिय छिन् । उनी सभासद् पनि हुन् । 
gayatri
माधव नेपाल र उनकी पत्नी गायत्री
बिहान घरबाट निष्केपछि साँझमात्रै फर्किने गरेको उनले बताइन । ‘म त चरा जस्तै भएको छु, बिहान उठेर बाहिर निस्केपछि एकै पटक बेलुका मात्र घर पुग्छु’ आरजुले भनिन, ‘मानिसहरुसँग भेट गर्ने, विभिन्न कार्यक्रममा जाने, कार्यक्रमका योजना बनाउनेमा बढी समयत बित्छ ।’
संविधानसभाको जिम्मेवारी र सामाजिक काम र घर ब्यावहार सबैलाई राम्रोसँग अगाडी बढाएको आरजुको भनाइ छ । ‘सभासद भएकाले संविधानसभामा पनि समय खर्च हुन्छ,’ उनले थपिन, ‘यसका साथै घर पनि राम्रोसँग चलाएकी छु ।’
एमाओवादीका बारिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी पत्नी हिसिला यमी सक्रिय राजीतिमा छिन् । उनी घर व्यवहारसँगै राजनीति काममा सक्रिय रहेको उनले बताइन । ‘राजनीतिमा सक्रिय रहेकाले मेरो अधिकांश समय राजनीतिक कार्यक्रममै बितिरहेको हुन्छ’, उनले भनिन् ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलकी पत्नी सविता पूर्ण रुपमा गृहणी हुन् । । ‘घरमै बसिरहन्छु, नाती खेलाउँछु, नानीहरुलाई खाना बनाउन सहयोग गर्ने, अराई पराई गर्ने, फोन आउँछन्, फोन उठाउने, त्यसैमा मेरो दिन बितिरहेको हुन्छ,’ सविताले नयाँ पेजसँग भनिन, ‘घरमा मानिसहरु आउँछन्, उनीहरुसँग भेट गर्ने, चियानास्ता गराउँदैमा दिन बित्छ ।’ बाहिर पार्टीहरुमा जाँदा अन्य दलका शीर्ष नेताको परिवारसँग भेट हुने गरेको उनले बताईन् ।  ।
araju_deuba
श्रीमान शेरबहादुरसँग आरजु
कांग्रेस महामन्त्री प्रकाशमान सिंहकी पत्नी सृजनाको पनि अधिकांश समय घरमै बित्छ । घरमा काम गर्ने मानिस भएपनि खाना बनाउने काममा उनी आफै सक्रिय हुन्छिन् । बिहे गर्नुअघि राजनीतिमा सक्रिय रहेपनि सृजनाले बिहेपछि भने राजनीति छाडिन् । खाना बनाउने, पाहुनालाई सत्कार गर्ने, भेट गर्न आउनेहरुलाई व्यस्थापन गर्ने काममा सहयोग गर्ने गरेको उनले बताइन । ‘मेरो समय घरकै काममा बित्छ,’ उनले भनिन् ‘घरमा के–के काम हुन्छ, त्यो मैले भनिरहनु परेन नि होइन ।’
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा स्कुले विद्यार्थी बनेकी छिन् । यहीपाली उनले एसएलसी दिइन् । ५८ वर्षीया सुष्मा स्कुले विद्यार्थी भएर पढ्न थालेको ६ वर्ष भयो । नयाँ बसपार्कस्थित प्रेरणा महिला विद्यालयकी छात्रा हुन् उनी । विद्यालय गएपनि उनले घरको सम्पूर्ण काम सम्हाल्दै आएकी छिन् । ‘अहिले परिक्षाको चटारो थियो, मैले घर र पढाई दुई कामलाई सँंगै अघि बढाएकी छु’, सुष्माले भनिन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा विजुक्छेकी श्रीमती शोभा प्रधान शिक्षिका हुन । भक्तपुरकै बागेश्वरी उच्च माध्यमिक विद्यालयमा उनी पढाउँछिन् । ‘म शिक्षिका हुँ, स्कुलमा पढाउँछु’ उनले भनिन्, ‘बिहान बेलुका घरको काम गर्छु र दिउँसो अफिस जान्छु ।’
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा स्कुले विद्यार्थी बनेकी छिन् । यहीपाली उनले एसएलसी दिइन् । ५८ वर्षीया सुष्मा स्कुले विद्यार्थी भएर पढ्न थालेको ६ वर्ष भयो । 
घरमा हुदाँ घरको काममा पनि आफै लाग्ने गरेको उनले बताइन । ‘बानी परिसकेकाले सबै सामान्य लाग्छ, घरमा धेरै मानिस आउँछन्, म भएको बेला उनीहरुलाई आफै चिया पकाएर खुवाउँछु’, उनले थपिन । विभिन्न पार्टी, भोजहरुमा जाँदा अन्य दलका नेताका पत्नीहरुसित सामान्य चिनजान हुने उनले बताइन । ‘अन्य दलका शीर्ष नेताका पत्निहरुसँग सामान्य भेटघाट हुन्छ, ति मध्ये सबैभन्दा बढी माधवकुमार नेपालको पत्नी गायत्रीसँंग भेट भएको छ, उहाँलाई राम्रोसँग चिन्छु, सायद उहाँले पनि मलाई चिन्नुहुन्छ होला ।’
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवकी पत्नी गृहणीसागै कृषक हुन् । खेतीबारीको कामसँगै घरको काममा आफ्नी पत्नी ब्यस्त हुने नेता यादवले बताए । ‘मेरी श्रीमती विसुद्ध किसान हुन्, एउटा किसानले के गर्छ, उनी पनि त्यही गर्छिन’, नेता यादवले श्रीमतिका बारेमा बताए, ‘म त घर कहिले काँही मात्रै पुग्ने हो, त्यसैले घरमा पाहुनालाई स्वागत गर्ने, घरमा आइपर्ने समस्या समाधान गर्ने काम उनैको हो ।’
फोरम लोकतान्त्रिका अध्यक्ष विजय कुमार गच्छदारकी पत्नी निर्मला पनि घर व्यावहार सम्हाल्नमै ब्यस्त छिन् । उनी प्रायः घरबाहिर ननिस्कने गच्छदारका सहयोगी यज्ञ चौधरीले बताए । चौधरीका अनुसार घरमा काम गर्ने मानिस भए पनि सकेसम्म उनी आफैले खाना बनाएर श्रीमानलाई खुवाउने गर्छिन । घरमा आएका मानिसलाई चिया नास्ता गराउने, पाहुँनहरुसँग भेट गर्ने काममै निर्मलाको समय बित्ने गरेको छ । ‘उहाँले घर चलाउनु भएको छ, घरमा कुनै कुराको पनि कमी हुन दिनु भएको छैन’, चौधरीले भने ।
नयाँपेजबाट  
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment