काठमाडौ : ‘आकाश मेरो दायरा होइन्, यो मेरो लागि खेल मैदान हो’, सुवेक श्रेष्ठले यही आशयको अंग्रेजी भनाई दुई बर्ष अघि फेसबुकमा पोष्ट गरेका थिए । आकाशलाई आफ्नो खेल मैदान ठान्ने सुवेक अब कहिल्यै आकाशसँग खेल्न पाउने छैनन् ।
११ महिना अघि को पाइलबाट पाइलटको जिम्मेवारी पाएपछि सुवेक श्रेष्ठ खादा र अविरले रंगिएका थिए । नेता शैलीमा हात उचाल्दै खिचेको तस्विर फेसबुकमा पोष्ट गर्दा उनले सयौं लाइक पाए । तर, उनको यो खुशी एक बर्ष पनि टिक्न पाएन । मंगलबार सिन्धुपाल्चोकमा भएको हेलिकप्टर दुर्घटनामा उनले ज्यान गुमाए ।
‘पाइलटको कमाण्ड पाएकै दिन दाईले त्यो फोटो अपलोड गर्नुभएको थियो’, सुवेकका भाई सागर सम्झिन्छन्,‘आफ्नो काम रमाइलो गर्दै सिध्याउने उनको बानी थियो ।’ सुविकाका भाई सागर पनि सिम्रिक एयरका को–पाइलट हुन् ।
बैशाख १२ गते भूकम्प गएपछि सुवेक श्रेष्ठले एक दिन फुर्सदमा बिताएनन् । हरेक दिन उद्दार र राहतको टोली लिएर उनी पहाड र कन्दरा पुगिरहे । जहाँ पुगे पनि उनी बेलुका सुत्न घर आइपुग्थे । अब न उनले आकाशमा खेल्न पाउनेछन् न घरमा सुत्न । सुवेकले अधिकांश उडान हिमाली क्षेत्रमा गरेको भाई सागरले सम्झिए ।
२८ वर्षीय सुवेक श्रेष्ठ हँसिला र रमाइला खालका थिए । साथीभाईलाई बेला बेला चुट्किला सुनाउने र रमाइला कुरा गर्ने उनको स्वभाव थियो ।
सन् २०१० मा सुवेक फिलिपिन्सको योकोता एभिएसनबाट एक बर्षे पाइलट कोर्स गरेर नेपाल फर्किएका थिए । लगत्तै उनले माउन्टेन एयरमा को पाइलटको रुपमा करिअर सुरु गरे । उनी माउन्टेन एयरमा आवद्ध भएको तीन बर्ष भएको थियो ।
तीन दाजूभाईमध्ये सुवेका माइला हुन् । उनको परिवारमा आमासहित चार दिदी छन् । सुवेकका बुवाको १५ बर्षअघि निधन भएको थियो । एक जनाका दिदीको बिहे भइसकेको छ । सागरले पनि सुवेकले पनि योकोताबाट कोर्स पूरा गरेका समचार कान्तिपुर दैनिकले छापेको छ।
सागर सिम्रिक एयरमा आवद्ध भएको एक महिना मात्रै भएको छ । यसअघि उनी गुण एयरलाईन्समा को पाइलट थिए । ‘पाइलट बन्दा यस्तो होला भन्ने कहिल्यै सोचेको थिइनँ’, उनी भन्छन्,‘साहसी पाइलटको रुपमा दाजूलाई सम्झिरहनेछु ।’
About Unknown
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment