ध्रुब दंगाल
बलेफी (सिन्धुपाल्चोक), -दुर्गम गाउँमा राहत पुर्यायएर काठमाडौं फर्कँदै गरेको माउन्टेन हेलिकप्टर्सको ९ एनएजेपी कलसाइनको हेलिकप्टर मंगलबार सिन्धुपाल्चोकको यमुनाडाँडा–८ शिलापर्वत जंगलमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार क्याप्टेनसहित सबै चार जनाको मृत्यु भएको छ।
निकै तलबाट उडिरहेको उक्त हेलिकप्टर दिउँसो ३:४५ मा अरनिको राजमार्गको बलेफीबजारको ठीक पारि सुनकोसी नदीबाट करिब सय मिटरमाथि भिरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।
मृत्यु हुनेमा क्याप्टेन सुवेक श्रेष्ठ, डा. सन्दीप महत, स्वास्थ्य कार्यकर्ता शेरबहादुर कार्की र नेदरल्यान्ड्सकी नर्स जेसिका छन्। शव मंगलबारै राजधानी ल्याइएको छ। बुधबार पोस्टमार्टम गरी छानबिन समिति बनाइने विमानस्थल स्रोतले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार निकै तलबाट उडिरहेको उक्त हेलिकप्टर खिम्ती र भोटेकोसी जलविद्युत आयोजनाको ट्रान्समिसन लाइनको बीचबाट घुस्दै शिलापर्वतमा ठोक्किएको थियो। ट्रान्समिसन लाइनमा घुसेपछि सानो आवाजसहित पार्टपुर्जा खस्न थालेको हेलिकप्टर अनियन्त्रित भएर सय मिटर नउड्दै ठोक्किएको थियो। ठोक्किँदा ठूलो आवाज आएको स्थानीयको भनाइ छ।
‘निकै तलबाट ढलपल–ढलपल गर्दै उडिरहेको हेलिकप्टर ट्रान्समिसन लाइन बीचबाट घुसेपछि अझ बढी धर्मराउँदै भिरमा ठोक्कियो,' प्रत्यक्षदर्शी नेपाली सेनाका क्याप्टेन नारायण क्षत्रीले नागरिकसँग भने।
‘निकै तलबाट ढलपल–ढलपल गर्दै उडिरहेको हेलिकप्टर ट्रान्समिसन लाइन बीचबाट घुसेपछि अझ बढी धर्मराउँदै भिरमा ठोक्कियो,' प्रत्यक्षदर्शी नेपाली सेनाका क्याप्टेन नारायण क्षत्रीले नागरिकसँग भने।
घटना हुँदा क्षत्री घटनास्थल विपरीत दिशाको कदमबास गाविसमा उद्धारमा खटिइरहेका थिए। हेलिकप्टरको आवाजले ध्यान खिचेपछि त्यसैमा केन्द्रित उनले भने, ‘ठोक्किएर ड्याङ्ग आवाज आउनासाथ आगो बल्न थाल्यो।' लगत्तै उनी टोली लिएर घटनास्थल झरेका थिए।
उक्त हेलिकप्टर हिमाली गाविस गुम्बाको तेम्बाथानमा राहत सामग्री पुर्याएर फर्कँदै गरेको थियो। गोल्चे र गुम्बा जोड्ने पुल वैशाख १२ को महाभूकम्पले चुँडालेपछि त्यहाँका दिपु, तेम्बाथानलगायत गाउँ सडक यातायातबाट सम्पर्कविहीन छन्। स्थानीयले राजधानीबाट हेलिकप्टरमै खाद्यान्न ओसारेर खाइरहेका छन्। सोही क्रममा उक्त हेलिकप्टर तेम्बाथान पुगेको थियो।
तेम्बाथानबाट ब्रह्मायणी नदीको किनारै किनार उडिरहेको उक्त हेलिकप्टर जलवीरे बजार आइपुग्दा नै अनियन्त्रित रहेको प्रत्यक्षदर्शी बताउँछन्। उनीहरुले हेलिकप्टर त्यहीँ खस्ने साचे पनि केही अघि बढेर दुर्घटना भएको हो। ‘जलवीरे बजार निस्कँदा हेलिकप्टर निकै तल नदी किनारैकिनार उडिरहेको थियो। कहिले दायाँ, कहिले बायाँ गरेर अघि बढ्दै थियो,' प्रत्यक्षदर्शी दिनेश सिटौलाले भने, ‘हामीले हेलिकप्टर अब यहीँ खस्छ भन्ने ठानेका थियौं।' उनी त्यतिबेला चलचित्र पत्रकार संघको तर्फबाट बतासे गाविसमा राहत वितरण गरिरहेका थिए। लर्खराउँदै उडेको हेलिकप्टरमा दुर्घटनाअघि नै समस्या भएको हुन सक्ने उनले अनुमान लगाए।
घटनाको पाँच मिनेटमै नजिकैको बलेफी प्रहरीचौकीको टोली शिलापर्वत जंगल पुगेको थियो। ‘प्रहरी टोली पुग्दा हेलिकप्टर अधिकांश जलिसकेको थियो। जंगलमा आगलागी पनि सुरु भइसकेको थियो,' चौकी इन्चार्ज असई मेघराज पनेरुले भने। उनका अनुसार मृतक डा. महतको बाहेक तीनको शव जलेर चिन्न नसक्ने भएको थियो। हेलिकप्टर भित्तामा जोतिँदा करिब ३० मिटर तल उछिट्टिएका उनको नाक र मुखबाट रगत बगिरहेको थियो। शरीरमा भेटिएको लाइसेन्सबाट चालक श्रेष्ठ र डा. महतको पहिचान भएको हो।
ट्रान्समिसन लाइनमा घुस्नासाथ आवाज आउन सुरु भएकाले स्थानीयले हेलिकप्टर धर्मराउँदै उडेको र भित्तामा ठोक्किएसम्म प्रत्यक्ष देखे। बजारमै खस्ने अनुमानसहित स्थानीय चिच्याउन पुगेका थिए। सातवटा ट्रान्समिसन लाइन बीचबाट हेलिकप्टर घुसे पनि तार चुँडिएको छैन।
उच्च क्षमतामा करेन्ट प्रवाह गरिरहेको ट्रान्समिसन लाइन हेलिकप्टरको भागले छोएको सुरक्षाकर्मीको अनुमान छ। लाइन छुनासाथ हेलिकप्टरबाट स–साना पार्टपुर्जा खस्न थालेका थिए। ट्रान्समिसन लाइन जमिनबाट झन्डै २ सय मिटर उचाइमा छ।
जंगलका केही रुख धसार्दै हेलिकप्टर जोतिएको थियो। घटनास्थलमा केही रुख भाँच्चिएका छन्। हेलिकप्टरको पंखालगायत पार्टपुर्जा यत्रतत्र छरिएका थिए। मुख्य भाग भने जलेर पूर्ण रुपमा ध्वस्त भएको छ। छरिएका केही पार्टपुर्जा संकलन गरेर बलेफी चौकीमा राखिएको छ भने केही घटनास्थलमै यत्रतत्र छन्।
बलेफी चौकीको खबरपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी टोली घटनास्थल पुगेका थिए। सिमि्रक र माउन्टेनको दुई हेलिकप्टरले साँझै मृतकको शव राजधानी लगेको छ।
दुर्घटनालगत्तै शिलापर्वत जंगलमा सुरु भएको आगालागी राति अबेरसम्म नियन्त्रणमा आउन सकेको छैन। झन्डै दुई किमी वन क्षेत्रमा डढेलो लागेको छ। त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका कामु महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार उक्त हेलिकप्टरसँग अन्तिमपटक दिउँसो २:३७ मा सम्पर्क भएको थियो।
हेलिकप्टरले २:२५ मा उडान भरेको थियो। श्रेष्ठले साँझ नै विज्ञप्ति निकालेर घटना विवरण सार्वजनिक गरेका छन्। विज्ञप्तिमा उक्त हेलिकप्टर राहत सामग्री लिएर दोलखाको बोल्दे गाउँ उडेको उल्लेख गरिए पनि यो गाउँ सिन्धुपाल्चोकको गुम्बा गाविसमा पर्छ।

तस्बिरहरु : चन्द्रशेखर कार्की, ध्रुब दंगाल
नागरिकबाट
0 comments :
Post a Comment