उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र युवराज कार्की नेतृत्वको खस समावेशी राष्ट्रिय पार्टीबीच एकता हुने निश्चित भएको छ । सोमबार सोह्रखुट्टीस्थित नेपाः पार्टी प्यालेसमा यसको औपचारिक घोषणा गरिने ती पार्टीहरुले जानकारी दिएका छन् ।
नयाँ बन्ने एकीकृत पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखिनेछ । उपेन्द्र यादव यसका अध्यक्ष हुनेछन् भने अशोक राई संसदीय दलका नेता हुनेछन् । सहअध्यक्षमा संघीय समाजवादीका वर्तमान महासचिव राजेन्द्र श्रेष्ठलाई चयन गरिएको छ । फोरम नेपाल र संघीय समाजवादीबाट दुई, दुई र खस समावेशीबाट एक गरी जम्मा पाँच उपाध्यक्ष हुनेछन् । फोरम र संघीय समाजवादीबाट एक, एक गरी दुई महासचिव, दुई सचिव, फोरमबाट एक कोषाध्यक्ष रहनेछन् । संसदीय दलको प्रमुख सचेतकमा फोरमकै शिवजी यादव रहने सहमति भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
0 comments :
Post a Comment