English Edition

म प्रजातन्त्रमा विश्वास राख्दछु - डा. केशब पौडेल

डा. केशब पौडेल एनआरएन अमेरिकाका नवनिर्बाचित अध्यक्ष हुनुहुन्छ | नेपालमा गएको भुकम्पपछि त्यहाँ टोलि सहित पुगेर सहयोग गरेर आउनु भएको छ | एनआरएन अमेरिकाको पहिलो बैठक मेरिल्याण्डमा बस्दैछ | बृहत टाउन हल मिटिंग गर्ने कुरा छ | एनआरएन अमेरिका विवादको घेरामा पनि आएको छ | यिनै प्रसङ्गहरुलाई लिएर डा.पौडेलसंग द नेपाल टुडे का लागि सर्बज्ञ  वाग्लेको सहयोगमा सतिश चापागाईले  गर्नु भएको अन्तरबार्ता प्रस्तुत छ :



एनआरएन जस्तो गरिमामय संस्थाको अध्यक्ष पदमा अत्यधिक वहुमतले विजय हुनु भयो, अमेरिकाबासी नेपालीलाई के भन्न चाहनुहुन्छ ?सबै मतदाता, शुभचिन्तक र सहयोगीहरुलाई आभार व्यक्त्त गर्न चाहन्छु । धन्यवाद दिन चाहन्छु । तपाईहरुको चाहना र भावना अनुसार काम गर्न सदा तयार र तत्पर छु | यो दुई बर्ष म तपाईहरुकै इच्छा अनुसार काम गर्न तयार छु | मलाई पुरै नेपाली कम्युनिटीको साथ र समर्थन चाहिन्छ | एकताको भावनाले आगाडी बढौं |

तपाईं अध्यक्ष हुनासाथ सपथ ग्रहणलाई पर सारेर मातृभूमी जानु भयो | देश दु:खेको पीडालाई नजिकबाट कस्तो अनुभव गर्नुभयो ?
हो, नेपालमा भूकम्प गयो त्यो बेलामा म न्युयोर्क
तर्फ जादै थिएँ । खबर पाउनासाथ् हामी सबै दुखित भयौं |
निर्बाचनको केहि प्राबिधिक र कानुनी प्रक्रियाले गर्दा मत गन्नु पर्यो | मैले चुनाब जित्त्दै गर्दा जुन परिवेश सिर्जना भयो, त्यसले मलाई विजय उत्सब गर्न भन्दा पनि कर्तब्य पुरा गर्ने ठुलो जिम्मेवारी सुम्पेको जस्तो लग्यो | पुरानो र नयाँ कार्य समितिका साथीहरुसंग छलफल गरेर नेपाल गयौं |

कहाँ कहाँ जानु भयो ? के के गर्नु भयो?
यहाँबाट त गोर्खा, धादिंग वा सिन्धुपाल्चोकमा गएर राहत वितरण गर्ने योजना बनाएर गएका थियौं | उहाँ पुग्दा कुरा 
अर्कै भयो | हामीले भनेको ठाउंमा अरु पनि गएको थाहा पायौं | हामीले अरु नगएको ठाउंमा जाने निर्णय गर्यौं | आईसीसीको टिमसंग छलफल गर्यौं र उहाँहरुसंग मिलेर रसुवाको सरमाथाली, धादिङ र सिन्धुपाल्चोक लगायत काठमान्डौको विभिन्न ठाउमा गएर सहयोग गर्यौ । हामीले राहत वितरण र स्वास्थ्य उपचार अन्तरराष्ट्रिय समन्वय समितीसँग मिलेर काम गन्यौ ।

कस्तो थियो तपाई त्यहाँ पुग्दाको अवस्था ?
हामी आठौँ दिन काठमाडौँ पुगेका थियौं | त्यो दिनसम्म पनि कतिपय गाउँमा सहयोग पुगेको थिएन |
कोही पनि नपुगेको गाउँमा हामी गयौं | राहत वितरण गर्यौं | औषधी र उपचारमा पनि सहयोग गर्यौं |
समयको अभावले चाहेर पनि धेरै सेवामा लाग्न सकेनौं | हामी पुग्दा र फर्कदा देशको अवस्था उस्तै थियो | देश पुरै भत्केको थियो | मान्छेहरु सबै त्राशमा थिए |

आगामी दिनमा एनआरएन ले के गर्ने सोचेको छ ?
एनआरएन आईसीसी र एनसीसी मिलेर आगामी दिनमा पुनर्स्थापना र पुनर्निर्माणको लागि विभिन्न कार्यक्रम गर्ने तयारी भइरहेको छ । हामीले रसुवाको भूकम्प पीड़ित दुईवटा गाविसका प्रत्येक घरका एकजना बालबालिकालाई एक कक्षादेखी दश कक्षासम्म काठमाण्डौमा राखेर अन्तरराष्ट्रिय मापदण्ड अनुसार पढाउने निर्णय गरेर आयौ । आईसीसीले भावी योजना तर्जुमा गर्दैछ | हामी पनि सोहि अनुसार आगाडी बढछौं |

तपाईं नेपालमा गएर सहयोग गर्नु भयो र अमेरिका फर्के पछी के के सहयोग गर्दै हुनुहुन्छ ?
हामी नेपालको लागि सहयोग जुटाउन लागेका छौ । नेपाललाई माया गर्ने सबै दाजुभाइ दिदीवहिनीसंग सहयोग मागेका छौ । म धेरै ठाउँमा गएको छु, सहयोगको रकम जम्मा गर्दै
छौं | कसरी अझै धेरै काम गर्न सकिन्छ भनेर प्रयत्नरत छौं |

मेरिल्याण्डको बाल्टिमोरमा तपाईहरुको पहिलो बैठक बस्दैछ रे ! के छन् प्रस्ताबहरु ?
अहिलेको मुख्य प्रस्ताब भनेको त नेपालको पीडामा कसरी सहयोग गर्ने भन्ने नै हो | साथमा हाम्रो भावी कार्य योजना तय 
गर्छौं | स्थानीय कम्युनिटीसंग अन्तरक्रिया गर्छौं र समुदायका आवाज सुन्छौं |
आगामी दुई बर्षका लागि कार्य योजना तय गर्ने सोच छ |

तर, तपाइको कार्यसमितिलाई निलम्बन गरेको भन्ने कुरा बाहिर आएको छ नी?
हामीले प्रमाणपत्र ग्रहण गरिसकेका छौं | आईसिसिसंग काँधमा काँध मिलाएर नेपालका भुकम्प पीडितहरुको सेवामा खटेर आएको पनि हो | छोटो समयमा एनआरएन अमेरिकाले 
गरेको प्रगतिमा यो कुराले नकारात्मक असर पर्न सक्छ | सामाजिक संस्थालाई राजनीतिक रंग दिनु हुदैन | मिलेर जानुको बिकल्प छैन | आपसमा छलफल गरौँ र सहमति गरेर अगाडी बढौं भन्ने मेरो आग्रह छ |

पराजय स्वीकार्न नसकेर बिरोध गरेका हुन् भन्ने पनि छ नी !
म प्रजातन्त्रमा विश्वास राख्दछु | सबै बिचारको सम्मान गर्दछु | विरोधहरुको पनि महत्व हुन्छ | समस्याको कारण र समाधान छन् | अब ति कारण पत्ता लगाएर समाधान खोज्नु मै हामी सबैको हीत छ | मलाइ लाग्दछ कि उहाँहरु पनि एनआरएन कै हीतका लागि सक्रिय हुनुहुन्छ | यदि त्यसो हो भने संस्थालाई नै आंच आउने काम कसैबाट हुनु हुदैन | हामी सबै संयम बनेर आगाडी बढ्नु पर्छ | यो बिषयलाई धेरै चर्काउनु राम्रो हुदैन |

अन्तिममा, तपाइले अमेरिकाबासी नेपालीलाई भन्नु पर्ने कुनै कुरा छ की ?
समयले हाम्रो काँधमा ठुलो र गहन जिम्मेवारी छोडेर गएको छ | यो अवसर र दायित्व दुवै हो | हामीले चाहेर पनि टाढा भाग्न सक्दैनौं | सारा संसारले नेपालको पीडामा सहयोग गरेको छ | अमेरिकामा भएका कारण हाम्रो जिम्मेवारी पनि ठुलो छ | हाम्रो अर्थपूर्ण उपस्थिति देखाउनु पर्छ, मातृभूमीका लागि | नेपालको पुनर्निर्माणमा सक्दो सहयोग गर्न आव्हान गर्दछु । अमेरिकाबासी नेपाली सम्पूर्ण दाजुभाइ दिदीवहिनी हातमा हात साथमा साथ मिलाएर अगाडी बढौ भन्ने मेरो बिनम्र अनुरोध छ । सबै दाजुभाइ दिदिबहिनीलाई एकताबद्ध भई आगाडी बढ्न अनुरोध गर्दछु |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment