English Edition

केकी अधिकारी - राहत र अस्थायी घर निर्माणपछि फिल्मतिर

काठमाडौ, जेष्ठ २९ - वैशाख १२ को महाभूकम्प लगत्तै नायिका केकी अधिकारी केही युवा कलाकारको समूहमा आबद्ध भएर राहत उद्दार तथा पुनर्निमाणमा खटिइन् । ‘वी फर अल’ कि सक्रिय सदस्य केकी आफ्ना दौंतरी कलाकारहरुसँग काँधमा काँध मिलाएर काभ्रे, नुवाकोट, धादिङ तथा दोलखासम्म पुगेर राहत वितरणदेखि अस्थायी घर निर्माण गर्ने काममा सक्रिय भइन् । पछिल्लो सयम केही गोरखामा हेल्थपोस्ट भवन बनाउने अभियानमा व्यस्त रहेको बताइन्छ ।
भूकम्पका कारण लाखौं नपाली घरबार बिहीन हुनुपरेकोमा दुखी केकी यत्रो विपत्तिमा पनि धीरता नगुमाउने नेपालीप्रति भने नतमस्तक छिन् । ‘हामी कसैले पनि हिम्मत हारेका छैनौं,’ केकी भन्छिन्, ‘हामी पुन: उठ्ने छौं ।’
भूकम्पको एक महिनापछि केही सामान्य जीवनसँगै व्यवसायीक काममा समेत फर्किइसकेकी छन् । भूकम्पअघि उनी ‘भाग सानी भाग’ नामक फिल्मको सुटिङमा व्यस्त थिइन् । यो फिल्ममा उनी शीर्ष भूमिकामा छिन् । यसमा उनले पहिलोपल्ट सवीन श्रेष्ठसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । ‘यो फिल्मको सबै सुटिङ सकिएको थिएन, भूकम्पपछि सुटिङ गरेर पूरा गरिसकियो,’ उनले भनिन् ।
तस्बिरहरु : महेश प्रधान



श्रोत इ-कान्तिपुर 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment