English Edition

पशु एकता जिन्दावाद !!


पहिलो पशुले निकैवेर सोचविचार गरेर आफ्नो हात टाउकोबाट बिस्तारै हटायो र लामो सास तान्यो । त्यो दृष्य अर्को पशुले निकै चासो राखेर नियाल्दै थियो । पहिलो पशुले बोल्न नपाउँदै दोस्रो पशुले व्यङ्ग्य गर्दै भन्यो “के हो त कुरा ? निकै पशु बैठक बस्ने हामी पशुको हक हित सुरक्षित गर्ने भनेर फकाई–फकाई बोलाएका थियौ नि ! खै यहाँ हामीलाई भोक लागिसक्यो ! खानेकुरा पहिला लेऊ खाएपछि मात्रै वार्ता अगाडि बढाउँला !”

सबैले भोज भान्सा सकेर फेरि दोस्रो चरणको बैठक शुरु गरे । उसैगरी पहिलो पशुले आफ्नो हात टाउकोमा राख्यो र ठूलो सास तान्दै त्यसरी नै सास बाहिर फाल्यो । लाग्थ्यो त्यो दृष्य देखेर अरु पशु पनि आतिँदै थिए । हैन के भयो हाम्रो पशु नेतालाई के सङ्कट आई पर्न थाल्यो । पहिलो पशुले यसरी टाउकोमा कहिल्यै हात राखेको थिएन । आज किन यस्तो गर्यो भन्ने सोचाई सबै पशुहरूले गहिरोसँग लिन थाले ।

चौथो र पाँचौँ पशुले यही कुरा गहिरोसँग सोच्न आँखा चिम्म गरे, तेस्रोले कान थुन्यो । पहिलो पशुले मुख छोप्यो र टाउको घोसे गर्न थाल्यो । छैटौँ पशुले पहिला त यी सबै पशुको चर्तिकला हेरिरहेको थियो । विस्तारै अगाडि बढ्यो र भन्यो । “पशु साथी हो ! यता मेरो कुरा सुन ! अब धेरै भयो यो नाटक वन्द गर ! सबै सतर्क भएर बस्ने गर । जहिले पनि मिटिङ भनेको छ । सिटिङ गरेको छ । चिटिङ गरेको छ । मिटिङमा छलफल गर्ने बेलामा आंखा बन्द गरेको छ । कान थुनेको छ । हात टाउकोमा राखेको छ । अब यो अती भयो आजदेखि हामी पशुले पनि जमाना अनुसार हिँड्न, वोल्न, खान, बस्न सिक्न पर्यो । जमाना कहाँबाट कहाँ पुगिसक्यो हामी भने आँखा चिम्लेर, टाउकोमा हात राखेर, हातमा हात बाँधेरा, चुप्प लागेर कती बस्ने ? के हामी बहिरा हौँ ? ल, भन उतर देऊ सबैले । के हामी बहिरा हौँ ?” सबैले साना शिशुमा पढ्ने बाल बालिकाले क्लासमा उतर दिँदा झैं उतर दिए । “होइनौँ, फेरि छैटौँ पशुले प्रश्न गर्यो–“के हामी अन्धा हौ ?” सबैले उत्तर दिए होइन ! फेरि उसैले प्रश्न गर्यो– “ल हामी अन्धा र बहिरा होइनौ भने हामी लाटा हौ त ?” “त्यो पनि होइनौ !” सबैले एकै स्वरमा जवाफ दिए । छैटौँले भन्यो त्यसो हो भने आजदेखी आँखा, कान र मुखबाट सबैले हात हटाउने र बोल्ने, सुन्ने र देखेको कुरालाई अगाडि ल्याउने गर्नु पर्यो । तेस्रो र चौथो पशुले ट्वाल्ल परेर हेरिरह्यो । पहिलो पशुलाई असाध्यै रिस उठेछ उसले भन्यो– “सुनेनौ तिमीहरूले छैटौँ पशुजीले के भन्नु भएको छ ?” तेस्रो र चौथोलाई पनि पहिलो पशुले थर्काएको देखेर असाध्यै झन्का छुट्यो र एकै स्वरमा भने “यो मान्छेको मिटिङ जस्तो पद, पैसा र पावरको लोभ र आरिस्याइँले विक्षिप्त भएको पागल जस्तो स्वर ननिकाल न ! पहिलो पशुजी ! हामीलाई पैसा, पावर र पदको के काम बाँच्न मात्रै पाए हुन्छ, यिनीहरूका हात बाट !” सबै पशुले हाँस्दै थपडी बजाए ! टररर.... !

छैटौँ पशुले झन हकार्दै भन्यो “किन हाँस्छौ र जोर जोरले थपडी मार्छौ हँ ! यस्तो एकताको मिटिङमा हाँस्ने खिल्ली उडाउने गर्दा स्वर्गीय राजा पृथ्वीनारायण शाहलाई खिल्ली उडाएको जस्तो हुन्न ? दोस्रो पशुले भन्यो “यो कुरा पक्कै हो मेरो मुख आजसम्म बन्द थियो तर आँखा र कान त मैले कहिल्यै बन्द गरिन । त्यसैले तिमी पृथ्वीनारायण शाहको आत्माको चिन्ता पटक्कै नगर ! आजसम्म मैले धेरै चिज देखी सकेको छु र म ठोकेर भन्न सक्छु पृथ्वीनारायण शाहको आत्मामा गहिरो चोट त लागेको छ । हामी यसरी हाँसेर र थपडी बजार चाहिँ पटक्कै होइन है !”

प्रथम पशुले प्रश्न गर्यो सबै पशुले उत्तर दिए । “बुझ्यौँ” छैटौँ पशुले भन्यो । सबै पशुले भने– “हामीले त बुझेकै छौँ नि तर ठूला पशुलाई पहिला बुझाउन ।” सबै पशु हाँसे हा.. हा... हरे पृथ्वी ! तिम्रो गति ! फेरि पनि हामीले आफ्नो धर्मलाई बँचाइ रहनुपर्छ । दोस्रो पशुले भन्यो ! “किन बँचाउने” तेस्रोले जवाफ दियो । “हामीलाई नै किन चासो जब मानवचोला लिएर पनि ! मान्छे भएर पनि मानवताको बिचारै गर्दैन भने त्यस्तो लाज नभएको नकचरो मनुवाको के कुरा गर्ने ? “पहिलो पशुले दोस्रो पशुलाई देखाउँदै भन्यो “ल हेर न, यो बाँदर ठयाक्कै त्यस्तै छ भनिन्छ । यसैको सन्तान मनुवा हो भनेर तिनका वैज्ञानिकले पनि त्यही भनेका छन । यिनीहरूलाई पृथ्वीनाराण शाहले नमुना बनाएर पेश गरेका रे नि भन्दै ठ्याक्कै यी पशुपति, गुहेस्वरीका बाँदर र यी मनुवामा के फरक छ ल भन त ?” चौथो पशुले भन्यो “फरक छ । यी तेस्रा पशुजीले आफ्नो ठाउँको रक्षा गर्न जानेका छन् । ल त पशुपति गुहेश्वरीमा गएर कोही विदेशी शक्ति घुसेर बितन्डा मच्चाउने प्रयास गरोस् त । कुन हविगत हुन्छ । कुन बाँदरलाई आफ्नो शक्तिमा प्रयोग गर्न सक्छन् ? ल भन त ?” सबै पशुले भने– हो .... । सबै पशुले भने– पशु एकता जिन्दवाद ! जिन्दावाद !! जिन्दावाद !!!

छैटौँले भन्यो तिमीहरू साँच्चै पशु हौ । त्यसैले सिधा छौ र तिमीहरूले कुरा बुझदैनौ ! पृथ्वीनारायण शाहले जसलाई आफ्नो प्राणको वास्ता नगरी, कहिल्यै एकरात चैन सँग नसुती खाउँ खाउँ र लाउँ लाउँको कलिलो उमेरमा विश्व विजेता ब्रिटिसदेखि ठुला ठुला राष्ट्रले साना साना राष्ट्र निल्दै हिँड्दा एउटा स्वतन्त्र नेपाल राज्य र सिङ्गो नेपाल राष्ट्रको निर्माण गरी यसलाई आफ्नो घर सम्पत्ति र अधिकारको रक्षा गरी दिए तिनैलाई यो देश नेपालको चिन्ता छैन । कुन नेता नेपाली हो ? कुन नेपाली हैन ? कुन नेपालमा जन्मेको हो ? कुन नेपालमा जन्मेको होइन ? कोसँग राष्ट्रियता छ को सँग छैन । त्यसको लेखाजोखा छैन उनीहरूलाई हाम्रो देशको के को चिन्ता ? हामीलाई पृथ्वीनारायण शाहले के गरे र ? हामी त पहिला पनि पशु अहिले पनि पशु र भोलि पनि पशु । हामी पशुका सन्तति पनि पशु... हा हा हा.... हाँस खुब हाँस ! यहाँ दिन दिनै सीमा सारिएको छ बरू हामी पशुलाई थाहा हुन्छ तिनी मान्छेलाई थाहा हुन्न, हँ । हामी पशु कि तिनी पशु ? हामी भन्दा तिनीहरू ठूला पशु । के हामी पशुले आमा दिदी बहिनी चेली र हाम्रा पशु सन्तान बेचेका छौं ? के हामी पशुले आफ्नी आमा चेली र दिदी बहिनीलाई बलात्कार गरेका छौं ? यहाँ बुबा हजुरबुवाले छोरी र नातिनी बलात्कार गरेका खÞबर अखÞबारमा आउँछन् । हामी पशुलाई त एकपटक बाली गएपछि एक वर्ष सम्म यौनको चाहनै हुन्न । कति सभ्य छौं हामी उनीहरूभन्दा हैन र ? त्यसैले ती मानबको नाममा दानब बन्दैछन् र हामीभन्दा ठूला पशु पनि ! ती ठुला पशुलाई त भएकै के हो हो । त्यसैले हाम्रो पशु एकता कायम हुनुपर्छ । ती ठूला पशुले हामी साना तथा ईमानदार पशुहरूलाई बहिरो, अन्धो र लाटो बनाउने षड्यन्त्र गरिरहेका छन्, यसको हामी सबै पशुहरू मिलेर पर्दाफास गर्नु पर्छ । के हामी पशुहरूले आफ्नो चेलीवेटी, दिदीबहिनी र ईमान बेच्छौँ त ? ल भन्नुस् त ?– सबैले एकै स्वरमा भने– बेच्दैनौँ ।

(वाग्ले एन आर एन अमेरिका का मिडिया को-अर्डीनेटर हुन् | ब्यङ्ग लेखन उनको विधा हो |)
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment