English Edition

अहिले नबने १० वर्ष बन्दैनः ओली


KP Oli1भक्तपुरः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताका राय सुझावका आधारमा संविधानको मस्यौदामा हेरफेर हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार बालकोटस्थित ओली निवासमा नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख हुनुपर्ने माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै ओलीले यस्तो धारणा राखेका हुन् ।
संविधानको प्रारम्भिक मस्यौदामा अपेक्षा गरेभन्दा उत्साहपूर्ण रुपमा सुझाव आएको चर्चा गर्दै ओलीले आवश्यकता र औचित्यका आधारमा जनताको सुझावलाई समेटिने बताए ।
जनताको सुझाव १६ बुँदेमा नभई मस्यौदामा आए पनि अहिले केहीले १६ बुँदे संशोधन हुनुपर्छ भन्ने अनावश्यक बहस चलाएको बताउँदै उनले अब पनि संविधान नबने १० वर्षपछिसम्म संविधान नबन्ने बताए ।
एमाले अध्यक्ष ओलीले भने– ‘१६ बुँदेले नै दलहरुलाई सहमतिमा ल्याउँदै संविधान निर्माणको बाटो खोलेको हो, अब त्यसको विरोध गर्नुको कुनै औचित्य छैन ।’
कार्यक्रममा ओलीले धर्म निरपेक्ष भन्ने अंग्रेजीबाट गलत अनुवाद भएको शब्द भन्दै त्यो शब्द नै बेठिक भएको पनि बताए । उनले जनताको सुझाव अनुसार धार्मिक स्वतन्त्रता भन्ने शव्द राख्न सकिने संकेत पनि गरे |
नयाँ पेजबाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment