विप्लब माओबादी उद्दण्ड बन्दै
‘लिपुलेक नेपालकै हो’ भन्ने सन्देश दिन शुक्रबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्द निकै अराजक र हिंसात्मक बनेको छ ।
बन्दकर्ताहरुले राजधानीलगायतका स्थानमा कडा सुरक्षाका कारण त्यति धेरै क्षति गर्न नपाए पनि सुरक्षको पहँच नपुगेका स्थानहरुमा बन्दलाई निकै हिंसात्मक बनाएका छन् ।
बन्दकर्ताले पृथ्वी राजमार्गमा कुनै चलचित्रको छायाँङ्कन गरे जसरी गाडी जलाएका छन्। धादिङको भुमेस्थान गाविसस्थित खहरे खोलाको पुलमा विप्लवका कार्यकर्ताले काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना४ख ३६२२ नम्बरको टेलर ट्रकमा आगो लगाएका हुन् |
ट्रकमा आगो पेट्रोल छर्की आगो लगाएर उनीहरु फरार भएको धादिङ प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार फरार मध्ये दुई जनालाई प्रहरी प्रहरी चौकी महादेवबेसीले नियन्त्रणमा लिएको छ।
नयाँ पेजबाटविप्लब माओबादी उद्दण्ड बन्दै

0 comments :
Post a Comment