English Edition

नेपालगन्जको ब्यस्त सडकमा हत्या


कृष्ण अधिकारी

खुडा प्रहारले गम्भीर घाइते भएका नेपालगन्जका एक युवाको मृत्यु भएको छ। थप उपचारका लागि काठमाडौं लग्दै गर्दा बाटोमा मृत्यु भएको छ। 
 
सोमबार दिउँसो ब्यस्त बजारमा गगनगन्जका २५ बर्षीय चेतन मानन्धरलाई एक युवा समूहले खुडा प्रहार गरेको थियो। खुडा प्रहारले मानन्धरको दाहिने हात छिनिएको थियो। प्रहरीले घाइतेलाई उपचारका लागि  नेपालगन्जस्थित शिक्षण अस्पतालमा पुराएको थियो। शिक्षण अस्पताले घाईतेको अबस्था गम्भीर भएको जनाउँदै काठमाडौं रिफर गरेको थियो। 
 
अवस्था गम्भीर रहेका मानन्धरलाई थप उपचारका लागि काठमाडौं लैजाने क्रममा नेपालगन्ज बिमानस्थलमा नपुग्दै बाटो मै घाईते मानन्धरको मृत्यु भएको थियो।
 
नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझी चोक नजिकै सडकमा  एक्लै हिडिरहेका अवस्थामा  युवा समूहले एक्कासी मानन्धरलाई खुडा प्रहार गरेको प्रहरीले जनाएको छ।
 
फिल्मी शैलीमा खुडा प्रहार गरेर भाग्दै गरेका मध्ये ५ जनालाई लखेटेर समात्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ। प्रत्यक्षदर्शी स्थानीयबासीन्दाका अनुसार, ७ जनाको संख्यामा आएकाहरुले अचानक खुडा आक्रमण गरेका थिए। 
 
दिउँसै ब्यस्त बजारमा खुडा प्रहार गरी युबकको हत्या भएको बिरोधमा नेपालगन्जको बीपी चौकमा मृतकका आफन्तहरुले टायर बालेर प्रर्दशन गरेका छन।
 फोटो समाचार : सेतोपाटी 
 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment