लङआईलेन्ड नेपाली समाज, जन सम्पर्क समिति लङ आईलेन्ड च्याप्टर र एनआरएन न्युयोर्क च्याप्टरको संयुक्त आयोजनामा लङ आईलेण्डको Hicksville स्थित क्वालिटी रेस्टुरेन्टमा टिपिएस सम्बन्धी कार्यक्रम सप्पन्न भयो । अमेरिकी अद्यागमन सम्बन्धी कानुन ब्यवसायी वकिल डिल्लीराज भट्टले टिपिएस के हो ? को लाभान्वित हुन्छन्, यसको सुविधा लिन गरिने प्रक्रिया के हो, भन्ने कुरामा प्रकाश पार्दै नेपालमा परेको प्राकृतिक प्रकोप तथा बिनासकारी भूकम्पबाट सिर्जित समस्या लाई मनन गरी अमेरिकी सरकारले प्रदान गरेको यस सुविधा विशेष गरी कागती समस्या झेली रहेका नेपाली दाजुभाइ दिदी बहिनीका निम्ति उपयोगी हुने कुरा दर्साउनु भयो । टिपिएस मिसनले सबै जुटेपछि केही गर्न सकिन्छ भन्ने हामी सबैलाई अनुभव भएको प्रकाश पार्दै कानुन ब्यबसायी भट्टले नेपाली सरकार, यहाँ स्थित कुटनैतिक नियोग, नेपाली सङ्घ सस्था, सबैको सक्रिय सहभागिताले एकता नै बलहो भन्ने सन्देश दिएको हुदा यो एकता र सदभाबलाई निरन्तरता दिनु पर्दछ, टुट्नदिनु हुन्न भन्नू भयो ।
नेपाली जन सम्पर्क समिति लङआइलेन्ड च्याप्टरका सभापति बिश्वराज बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङ, NRN का उपाध्यक्ष बन्दना कोइराला, रक्तदाता अर्जुन मैनाली, नेपाली समाजका उपाध्यक्ष कल्पना थापा, महासचिव परमानन्द खनाल, NRN न्यु योर्क च्याप्टरका अध्यक्ष टेम्पा शेर्पा, युवा कोर्डिनेटर सोमनाथ हुमगाईले टिपियस सम्बन्धी धारणा राख्नु भयको थियोे । जन सम्पर्क समिति न्यु योर्क च्याप्टरका सभापति रोसन ढुंगाना, रोड आईलेन्ड च्याप्टर सभापति सरिता ओलि लङआईलेन्ड नेपाली समाज र जन सम्पर्कका सल्लाहकार, पधाधिकारि तथा सदस्यहरू, NRN का बोर्ड सदस्य गोमा सेन, TPS सँग सरोकार वालाहरु लगायत व्यक्ति उपस्थित कार्यक्रममा समाजका उपाध्यक्ष टिकाराज ढकाल, सचिव रवि दहाल, सन्चिता थापा, जन सम्पर्क समिति लङआईलेन्डका उपाध्यक्ष विनोद थापाले शहजी करण गर्नु भएको थियो ।



0 comments :
Post a Comment